साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्डावाद : जिन्दावाद

Nepal Telecom ad

भित्रै बन्डा, बाहिरै भागबन्डा ।
बन्डाभित्रै, आउछन फ्रेस अन्डा ।।
टन्टा—लन्ठा, बन्छ ठन्डा र पन्डा ।
बन्डाले नै, हल्लने हुन्छ झन्डा ।। १।।

बन्डाभित्रै, हुन्छ डन्डा दरिलो ।
बन्डा मिल्दा, हुन्छ जन्डा कसिलो ।।
बन्डा मिल्दा, गर्न पाईन्छ धन्दा ।
बन्डा पाये, भाग्छ कानून फन्दा ।। २।।

मास्यौ हाम्ले, झ्याउ सिध्दान्त —वाद ।
निस्क्यो नौलो, भागबन्डे – कुवाद ।।
भित्रै बन्डा, बाहिरै क्या छ बन्डा ।
बन्डा पाये, बज्दछन शङ्ख—घण्टा ।। ३।।

कैले लेख्ने, देशको सम्विधान ?
बन्डा नै हो, मूल सिध्दान्त काम ।।
बन्डाबाटै, खर्च धानौ चुनाबी ।
बन्डा होस् यो, पाँच बर्सै गुलाबी ।। ४।।

सत्ता बन्डा, घुस हिस्सा दलाली ।
देशै बन्डा, गर्नुमै राष्ट्रवादी ।।
बन्डा यौटा, ठिम्मरे वाद हाम्रो ।
सत्ता चल्ने, ‘भाग–वादै’ छ राम्रो ।।५।।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x