साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेटौंडामा विश्व राईका कविता वाचन

Nepal Telecom ad

साहित्य सङ्गम मकवानपुरको २ सय २० औँ नियमित साहित्य सन्ध्या शनिबार हेटौंडामा सम्पन्न भएको छ । प्रत्येक महिनाको दोस्रो शनिबार हुने नियमित सन्ध्या अन्तर्गत यसपटक मकवानपुरे युवा कवि विश्व राईका कविताहरू प्रस्तुत गरिएको थियो । सो अवसरमा कवि राईले दाउरा बेच्ने नानी, गर्भस्थ बाँचिरहेको पृथ्वी र भन तिमी को हौ ? शीर्षकका कविता प्रस्तुत गरेका थिए ।
राईका कवितामाथि टिप्पणी गर्दै साहित्यकार निमेष निखिलले राईका कविताले युग चेतना बोकेको बताएका छन् । समकालिन युग चेतना, कलात्मकता र आशावादिताले राईलाई एक सफल कवि बनाएको निखिलको भनाई थियो । सन्ध्यामा सुवास खनाल, देवराज खरेल, शम्भुप्रसाद बास्कोटा, मुना अर्याल, अप्सरा तिमल्सिना, गिरिजा अधिकारी, जेनन नेपाल, पुरुषोत्तम आचार्य, सविता तिमल्सिना, प्रमोद अधिकारी, इश्वर छत्कुली स्पर्श, छवि अनित्य लगायतका साहित्यकारहरुले रचना वाचन गरेका थिए । कवि एवं नाटककार तुल्सी थापाको प्रमुख आतिथ्य तथा सङ्गमका अध्यक्ष आरसी रिजालको अध्यक्षताका कार्यक्रम सम्पन्न भएको हो ।
पुरस्कार विजेताको घोषणाः
यसैबीच, सङ्गमले हरेक वर्ष प्रदान गर्दै आइरहेको णकुमारी तथा शेषजङ्ग स्मृति पुरस्कारका विजेताहरूको घोषणा भएको छ । साहित्यकार आरसी रिजालले आफ्नी आमाको नाममा स्थापना गर्नुभएको णकुमारी स्मृति पुरस्कार २०६८ का लागि आधुनिक राष्ट्रिय उच्च मावि हेटौंडाकी सावित्री अधिकारीलाई ‘सहिद’ शीर्षकको कविताका लागि र २०६९ का लागि पालुङ इङ्लिस स्कुलकी शोभा लामालाई ‘नेपाल’ शीर्षकको कविताका लागि प्रदान गरिने सङ्गमका उपाध्यक्ष सुवास खनालले जानकारी दिएका छन् । मकवानपुरमा रहेका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूबीच प्रतिस्पर्धाबाट सो पुरस्कारका लागि विजेता छनौट गर्ने गरिएको छ ।
यस्तै शेषजङ्ग स्मृति कथा पुरस्कार २०६८ का लागि आधुनिककै विवेक फुयाँलको ‘इन्साफ’ तथा २०६९ का लागि बालजागृति इङ्गलिस स्कुलकी प्रमिसा पौडेलको ‘प्लास्टिक र मेरो जीवन‘ कथाका लागि प्रदान गरिने भएको छ । दुबै पुरस्कारको राशी जनही एक हजार एक रुपैयाँ रहेको छ । माघ महिनाको दोस्रो साता हुने दुई सय २१ औँ सन्ध्यामा दुबै पुरस्कार प्रदान गरिने बताइएको छ ।
–सुलसुले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x