साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोह

Nepal Telecom ad

आहा !
खुब प्रगति गर्नुभएछ रातारात
अग्ला अग्ला घर बनाउनु भएछ फटाफट
ए नवधनाढ्य अन्तरे दाइ !
मेरा ससाना कुरा राखुँ यहाँलाई ?
यहाँलाई थाहा छ ?
कुनै काल बखत आपत आइलाग्दा
र, शयनकक्षमै हुरुक्क हुनलाग्दा
झ्याईँकुटी पार्दै तुलसा ढोगाउन
वा, एम्बुलेन्स बोलाएर अस्पताल कुदाउन
खान्द्राङ खुन्द्रुङ पारेर भुइँतलामा झार्दै गर्दा
तपाइँका गुजुल्टो परेका अङ्गहरूले
तपाईँलाई नै सराप्नेछन्
‘ऐया ! यत्रो खान बनाइथिस् गगनचुम्बी भवन !’
अनि थाहा छ अर्को कुरा ?
तपाईँका लाखौँ लाख मुल्यका सुटबुट
जब ब्रह्मनालमा तेर्सिनुहुन्छ तपाईँ
हतार हतार निकालिने छन् साटसुट
ठस्ठसी कन्दै
कत्ति कस्सिएका भन्दै
आफ्नैहरूले यहाँलाई सराप्ने छन्
र मनमनै भन्नेछन्
सास छउन्जेल न हो यी पोशाकको जय जय
कति सजिलो हुन्थ्यो ऐले धोती भैदिएको भए !
हेर दाइ !
आकाशको आकर्षण अस्थायी हो
वास्तविकता त धरती हो, सिर्फ चार हात भए पुग्ने !
अनि,
पोशाकको सम्मोहन पनि अस्थायी हो
आवश्यकता त कात्रोको हो, सिर्फ आठ हात भए पुग्ने !
यी कुरा ख्याल गरेर मात्रै–
आकास अनि पोशाकमोह गरौँ
हुन्छ अन्तरे दाइ !
२०७१ फागुन १५
काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x