साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशै हराएछ

Nepal Telecom ad

कस्ले कहाँ के पो गर्यो ? मेरो देशै हराएछ ।
लौन, साथी खोज्नु पर्यो ! मेरो देशै हराएछ ।।

सगरमाथा चिनो थियो डाँकाहरू आँखा गाड्थे ।
ऐले त्यो नै कता सर्यो ? मेरो दीशै हराएछ ।।

गौतम बुद्ध जन्मिएको लुम्बिनी थ्यो पहिचान ।
त्यस्तो गौरव किन टर्यो ? मेरो देशै हराएछ ।।

कस्तुरी र गैंडा हात्ती मल्लकालीन मूर्तिकला ।
त्यो सम्पत्ती कता तर्यो ? मेरो देशै हराएछ ।।

सयौं जाति भाषा धर्म, संस्कृति थे बिचित्रका ।
धर्म संस्कार कस्ले हर्यो ? मेरो देशै हराएछ ।

मेची–काली कर्णाली थे गण्डकी र कोशी सयौं ।
कस्ले लग्यो ? कता झर्यो ? मेरो देशै हराएछ ।

अमर सिंह, बलभद्र, भिमसेनको देशभक्ति ।
देशभक्ति किन मर्यो ? मेरो देशै हराएछ ।।

जनयुद्ध–जनान्दोलन किन भयो ? मर्म के थ्यो ?
संविधानमा गोरु चर्यो !! मेरो देशै हराएछ ।

विकास गर्ने युवा शक्ति विदेशमै पलायन ।
कस्ले यहाँ बुर्की छर्यो ? मेरो देशै हराएछ ।

भ्रष्टाचार चुलिएको सीमानामा चेपिएको ।
भनाउँदा नेता डर्यो !!! मेरो देशै हराएछ ।।
कस्ले लुट्यो ? कस्ले चोर्यो ? कस्ले मार्यो ? या त कतै ? ।
लौन, साथी खोजौं छिट्टो !!! मेरो देशै हराएछ ।।
नलाङ ७ बैरेनी, धादिङ
हाल अमेरिका, मेरिलेण्ड

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x