साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय बन्द !!

Nepal Telecom ad

“आयो, आयो ! गज्जब आयो !” एक्कासि अन्धकारमा केके न आएझँै चिच्याएँछु । कालेका बाउले आत्तिएर घच्घच्याउँदै आतेस प्रकट गरे– “चोरडाका आयो कि ? भूतप्रेत आयो कि ? हैन, ए कालेकी आमा ! यो मध्यरातमा के आयो हँ ?”

बेहोसीमै बरबराएझैँ लागेछ क्यार कालेका बालाई । चिन्तनले चिमोटेर आधारातसम्म चनाखै हुनु के चानचुने कुरा हो ? चिन्तनको चुकुल खुस्केका खुस्कट ! सिउसाँझै स्वाँस्वाँ गरेर स्वर्ग सवार हुने समरस्वाँठ ! भनेर सुम्ल्याउन मन लागेको थियो । तर पितृसत्ताका पतिदेवलाई चलाउनु भनेको त अरिङालका गोलामा ढुङ्गा हान्नु जत्तिकै खतरा हुन्छ भन्ठानेँ र चुप्प लागेँ ।

जे होस् ! जटिल समस्याको पूर्णकालीन समाधानको आइडिया आयो । मध्यरातमा आएको आइडिया र गरेको घोषणाले घनघोर परिवर्तन ल्याएको छ । विद्यालय बन्द पनि गरिरहनु नपर्ने । बन्दका कारणले कसैले विचलित पनि हुनु नपर्ने । “धेरै खान जोगी भयो जोगी भा’का भोलिपल्ट भोकै रह्यो” भनेझँै हुने हो कि ? भनेर पराइबेटी मास्टरहरूले त्रस्त पनि हुनु नपर्ने । त्यत्रो दुईचार लाखको लगानी गरेर जाबो दुईचार करोड कमाउन कष्ट पनि गर्नु नपर्ने । पावरकै भरमा पोक्याएर नियमविपरीत कम्पनी दर्ता गराई अख्तियारदेखि डराईडराई हिँड्नु पनि नपर्ने ।

आइडिया चँै गजबकै आयो । विद्यार्थी त वास्तवमै एकलव्यजस्तै हुनुपर्छ । शिक्षकले कक्षाकोठामै कोचेर पढाउने परिपाटीको अन्त्य हुनैपर्छ । उनीहरूलाई स्वतन्त्रतासाथ उच्च शिक्षा लिने अवसर दिनुपर्छ । बाँसका फिर्फिरे र चङ्गा बनाउँछन् । काठको घुर्रो र बाँसको बाँसुरी बनाउँछन् । गुलेली र मट्याङग्राले चराहरू मार्छन् । नयाँनयाँ आविष्कार गर्दै पुरानाको प्रयोग गर्छन् ।

धेरै अध्ययनपछि भएका विद्वान्ले पनि त्यही जहाज बनाउँछन् र उडाउँछन् । जाबो जहाज कहिले क्र्यास भएर मान्छे मार्छ, कहिले थन्किएर यात्रु अलपत्र पार्छ । चङ्गाले त चमत्कारै ल्याउँछ । दुई चङ्गाको भेटमा चेट भयो भने चङ्गा चेट भनेर चिच्याउँदा टोलकै मान्छे चकित पर्छन् । क्या मज्जा ।

पढेका डाक्टरले अस्पताल र क्लिनिक खोल्छन् । उपचारको नाउँमा अनेखन्नका रोगीहरू पैसा बोकीबोकी आउँछन् । कोही अप्रेसनपछि अपाङ्ग हुन्छन् । कोही उपचारपछि परलोक पुग्छन् । “न रह्यो धन, न भयो ज्यान ।” बिरामी भए धामीझाँक्री बोलायो, अक्षतापाती र खरानीको मूर्तिले मुन्सायो । “बाँचे सबैको आश, मरे घाटको बास” किन चाहियो डाक्डर ?

सबैलाई समान अवसर दिएर समानता ल्याउने भनेर गरिप देशलाई हरिप बनाउन बोझ बोकाउनै हुँदैन । विद्यालय बन्द भएपछि भएभरका समस्याको सर्वकालीन समाधान हुन्छ । स्कुल जाने र नजानेबीचको भिन्नता, ठूलो स्कुल र सानो स्कुल बीचको भिन्नता, ठूलोसानो र धनीगरिब बीचको भिन्नता सबै समाप्त हुन्छ । अनि आउँछ सामानता । दुष्ट मान्छेको जात बुझ पचाएर बच्चा स्कुल पठाउँछन् । “मूर्खको न छ ओखती, न सप्रन्छ मति” भनेको यही हो ।

यहाँलाई लाग्यो होला । कुरा त ठिकै हो । तर यी बगुन्द्र बदमास बच्चाचाहिँ के गर्नु नि ? हप्तादुएक बन्द हुँदा त हत्तुहैरान पार्छन् । पिर नगर्नुस् ! तपार्इंको बास सहरमा भए एउटा घोचो र मुङ्ग्रो किनिदिनोस् व्रिmकेट खेलेर बस्छन् । खेलमैदान नभएर के भो र सडक छँदै छ । दुुई दिन गाडी चले दसदिन बन्द हुन्छ । यदि तपार्इंको घर गाउँमा भए कि त एउटा गेटिस किनिदिनोस् कि त गुलेली र मट्याङ्ग्राको जोहो गरिदिनोस् । दिनभरि चरा मार्छन् र बेलुका मिठो मासुभात खुवाउँछन् ।

“न त महिनैपिच्छे फिस तिर्ने लन्ठा न त छोरो फेल हुने टन्टा” । परिपरिको विचार बोकेका थरीथरीका ननिका नागरिकको उत्पादनले उपद्रो मच्चाउने शङ्कै समाप्त । क्या गजब आइडिया बन्दवादी मित्र ! यो बन्द अल्पकालीन मात्रै हैन पूर्णकालीन हुनैपर्छ । त्यसैले बन्दको आवाज बुलन्द पारौँ । जय बन्द ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x