साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म बन्दप्रिय हुँ

Nepal Telecom ad

पूर्वमा जन्मिएँ आफू पूर्वमै बन्द गर्दछु
जन्मथलो सधैँ बन्द गर्न आफू स्विकार्दछु ।
कर्मथलो बनेको छ पश्चिमी क्षेत्रमा म छु
यहाँको बन्दमा मेरो साथ हुन्छ स्विकार्दछु ।।

जातले घरको आफू बनेँ ब्राह्मण–क्षत्रिय
जातिको बन्दमा आफू हुन्छु नै बन्दमा प्रिय ।
ससुराली बने थारू उनको बन्दमा पुगूँ
इच्छा मेरो सबै बन्द राज्य आफ्नो कहाँ चिनूँ ।।

पार्टी सत्ता छ आफूमा बन्द रोक्न कसो गरूँ
बन्दको बन्दमा साथ कसरी पो पुरा गरूँ ।
नगरूँ बन्दको शक्ति नबुझ्ने मुर्ख बन्दछु
सम्धीको बन्दमा साथ नदिए दुःख भोग्दछु ।।

बाहिरी बन्दमा नित्य साथ आफ्नो बराबर
धर्मको नाममा बन्द हुन्छ नै धर्म हो घर ।
बिना कारणले बन्द गर्नु हुन्न म ठान्दछु
जन्म कर्म निजी जात धर्म आधार मान्दछु ।।

गुरु ईश्वरझैँ मेरा बन्द नै हुन् सुपूज्य छन्
जहाँ जहाँ हुने बन्द सबैमा साथ हुन्छ झन् ।
बन्दकै बलमा आफ्ना जाति धर्म कहाँ पुगे
क्षेत्रको प्रगति सारा बन्दले नै पुरा गरे ।।

पुर्खा नेपालका हाम्रा हत्या बन्द रुचाउँथे
अरूको दुःखमा आफू बन्द कारण पाउँथे ।
प्रगति विश्वको हेर्दै रोज्दछौँ बन्द सन्तति
हामी नेपालबासी हौँ बन्द जीवन पद्धति ।।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x