साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिचय

Nepal Telecom ad

एक पटक अमेरिकाको न्यूयोर्कमा संसारका सबै देशका नागरिकहरूको जमघट भयो । त्यो भेलामा प्रतिनिधिको रूपमा प्रत्येक देशबाट दशदेखि पचास जनासम्म सहभागी भए । नेपालबाट पनि बीसजनाको टोली गयो ।

त्यो कार्यक्रमको आयोजना संयुक्त राष्ट्र सङ्घले गरेको थियो । अनि विषय थियो– ‘संसारबाट गरिबी कसरी हटाउने ?’
भेलाको थालनी परिचयात्मक कार्यक्रमबाट सुरू भयो । सबै सहभागीले आ(आफ्नो परिचय दिए ।

भारतका नागरिकहरूले आफूलाई ‘भारतीय’ भने । चिनका बासिन्दाहरूले आफूलाई ‘चिनियाँ’ भने । अमेरिकाकाहरूले ‘अमेरिकी’ भने । फ्रान्सकाहरूले ‘फ्रान्सेली’ भने । जर्मनीकाले ‘जर्मन’ भने । अस्ट्रेलियाकाहरूले पनि आफूलाई ‘अस्ट्रेलियन’ र पाकिस्तानकाहरूले पनि ‘पाकिस्तानी’ भने । यसैगरी उठेर पालैपालो सबैले आफ्नो(आफ्नो परिचय दिए ।
अब नेपालको पालो आयो । उनीहरूले पनि अरूले जस्तै आफ्नो देशको नक्सा र झण्डामुनि उभिएर यस्तो परिचय दिए–
‘म नेवार ।’
‘म तामाङ ।’
‘म बाहुन ।’
‘म क्षेत्री ।’
‘म मगर ।’
‘म गुरूङ ।’
‘म थारू ।’
‘म मधेसी ।’
‘म सार्की ।’
‘म पोडे ।’
‘म कामी ।’
‘म दमाई ।’
‘म चेपाङ ।’
‘म फेरीवाल ।’
‘म राउटे ।’
‘म सेर्पा ।’
‘म राई ।’
‘म दनुवार ।’
‘म थकाली ।’
‘म कुसुन्डो ।’

परिचयात्मक कार्यक्रम सकिएपछि मुख्य कार्यक्रम सुरू हुनेबेलामा नेपालबाट जानेहरू सबैलाई कार्यक्रमस्थलबाट हटाएर नेपाल फिर्ता पठाइयो । पछि बुझ्दा पत्ता लाग्यो– नेपालबाट जानेहरूमा एकजना पनि नेपाली नभएको हुँदा यसरी फिर्ता पठाइएको रहेछ ।
हेटौँडा–४, अभिकुञ्ज
मित्रनगर, मकवानपुर (नेपाल)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
0
Would love your thoughts, please comment.x
()
x