साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खिर्रो र चुवा

Nepal Telecom ad

गाउँको पुच्छारमा गल्लिको छेउमा बिसौं बर्षदेखि मिलिजुली ठडिएका दुइटा रुखहरू खिर्रो र चुवाकाबीच केही समय यता मनमुटाव बढ्दै गएको थियो । “उस्तैउस्तै हाँगा, उस्तैउस्तै पात, उस्तै चौडाई र उचाई भएर पनि किन निर्दयताकासाथ मेरा हाँगा भाँच्छन् र उस्कोचाहिँ सरक्क फुल टिपेर सुँघ्दै हिँड्छन्स अझ कसैकसैले त टोपीमा फुल घुसारेर पनि हिंड्छन् !“ भन्ने सोच आएको थियो खिर्रोलाई । पहिले पहिले उसलाई यी सबै कुरा को हेक्का हुँदैनथ्यो । जबदेखि मान्छेका हुलका हुल जिन्दाबाद र मुर्दाबाद गर्दै यही बाटो हिंड्न थाले र अधिकारको माग गर्न थाले, तब उसको मनमा पनि बिद्रोही भावना पैदा हुन थालेको थियो ।

“हेर दाइ, तिमी यो खुइले चुवाभन्दा कुनै हालतमा कम छैनौ । के त्यसका स्यौला हालेर खोलामा माछा मर्छन्? के त्यसको पात कुहाएर मल बन्छ ? के तिमिले जति दूध निकाल्न सक्छ त्यसले ? कदापि सक्दैन । त्यसोहुँदा दबिएर बस्ने काम छैन दाइ !“ एकदिन फेदैमा रहेको अंगेरिको पोथ्राले खिर्रोलाई उल्क्याएको थियो ।

“हेर साथी केही गुन तिम्रा, केही गुन मेरा, केही बैगुन मेरा, केही तिम्रा पनि । संसारै यस्तै त छ मिलिजुली बसौं, झगडा नगरौं !“ सम्झाइरहन्थ्यो चुवाले । तर पटक्कै सम्झेन खिर्रोले । दिनैपिच्छे एउटा एउटा निहुँ निकालेर झगडा गर्न थाल्यो ।

भर्खरै वर्षा याम सकिएको थियो । खोलानाला फुलेर अलउल्ले भएका थिए । एकदिन माझीका लस्कर आएर भकाभक खिर्रोका हाँगा काट्न थाले ।

“ए बा ! एता आउनु त !“ अंगेरीले एकजना अलि बूढो माझिलाई नजिकै बोलायो र उसको कानमा सुटुक्क साउती र्गयो “ के बेक्कारमा हाँगा र पात काटेर हैरान गर्नुहुन्छ ! थाहा छैन फेदका चोइटाले कति सजिलै माछा मर्छन् ?“
भोलिपल्ट त्यसैगरी माझीका हुल बन्चरो बोकेर आए र खिर्रोको फेदै ठुन्क्याए ।

“अब त हामीलाई अलि खुकुलो भयो हगि चुवादाई !“ अँगेरीले चुवालाई भन्यो ।
चुवाले नरमाइलो मानेर एकटक हेरिराख्यो । केही बोलेन ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
0
Would love your thoughts, please comment.x
()
x