साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिज्ञासा

Nepal Telecom ad

‘हजुरबुबा ! खेतमा त्यो मान्छे किन उभिएको ?’ तीन वर्षे नातिलाई बोकेका तथा आफू स्वयम् पनि लौरोमा बोकिएका वृद्धले सेतो दाह्री सुमसुम्याउँदै जवाफ दिए– ‘नाति ! त्यो मान्छे होइन, दाउरामा मान्छेका कपडा बेरेको हाउगुजी हो ।’

‘त्यो किन राखेको हजुरबुबा ?’ नातिको अबोध जिज्ञासालाई नातिका भन्दा थोरै दाँत भएका वृद्धले यसरी शान्त पारे–‘त्यो हाउगुजी देखेपछि बाँदर, ढेडुवा, सारौँ आदि जङ्गली जनावर तथा चराचुरुङ्की हाम्रो खेतमा आउन डराउँछन् अनि तरकारी, फलफूल चोर्न पाउँदैनन्, बुझ्यौँ ?’
‘….अनि हजुरबुबा ! सर्प, बाघ, भालुको हाउगुजी बनाएर किन नराखेको ? मलाई त सर्प, बाघ, भालु, कुकुरको असाध्यै डर लाग्छ ।’
बृद्धले डुब्नै आँटेको सूर्यलाई धमिलो आँखाले हेर्दै प्रसङ्ग टुङ्ग्याए– ‘बाबु ! तिमी अहिले धेरै सानो छौ, ठूलो भएपछि तिमीलाई पनि सम्पूर्ण प्राणीहरूलाई जस्तै मान्छेकै डर लाग्नेछ ।’
हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x