रमेश खकुरेलबिर्सन्न
गरीबी मास्नका लागि चलेको पाउ बिर्सन्न
धनी बन्दै खुदै तिम्रो बढेको भाउ बिर्सन्न ।।
लुट्यौ काट्यौ पिट्यौ मार्यौ र्गयौ कब्जा दिंदै नारा
फुटेको टाउको छामी दुखेको घाउ बिर्सन्न ।।
छुरी लाई चिरा र्पायौ किलाले पींधमै ठोक्यौ
तिमीले नै गरी आज डुबेको नाउ बिर्सन्न ।।
यता मिल्दै उता फोर्दै तमासा नाटकी गर्दै
तिमीले दण्डमा बच्ने गरेको दाउ बिर्सन्न ।।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































