साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊँ मणि पद्मे हुँ

Nepal Telecom ad

लाग्थ्यो मूर्तिमा
शान्त
प्रतिबिम्बित छ ,
देख्ने बितिक्कै हृदयबाट
गुञ्जिरहन्थ्यो
ऊँ मणि पद्मे हुँ ।
लागिरहेछ आज
मूर्तिको हत्या भै
छायाँ कतै बिलाएको छ
गुञ्जिरहने मन्त्र सबै
रोडन भै
आँसुसँगै बगिरहेको छ ।
हो उनिहरू
गुम्बा बनाउनुको सट्टा
देश
मैदान बनाउन चाहन्छन् ।
शान्तिको बिकल्पमा
शकुनी जन्माउन चाहन्छन् ।
मैले आज आफुलाई
भिष्म हुँदै गइरहेको देखिरहेको छु ।
आँखाका सबै चाहना
पाण्डव भएर चोइटिरहेको देखिरहेको छु ।
भन ! यति बेला मैले कसरी जपुँ ?
ऊँ मणी पद्मे हुँ
चारै तिर छ कौरवका छायाँहरू
सबै शकुनी कै जाल भएर ललकारिरहेछ ।
हो बुद्ध स्मृतिमा बग्ने पल
बारुद भएको देख्दैछु ।
बुद्ध तृष्णामा चल्ने मस्तिष्क
क्षेपाश्त्र भएको देख्दैछु ।
लाग्छ यहाँ बुद्ध जन्माउन फेरि
समयले कठोर संघर्ष गर्नु पर्नेछ
मात्र अनि
शान्ति क्षेत्र नेपाल जन्मने छ ।
विश्व अनुयायी भै
ब्रम्हाण्ड नै गुञ्जाइरहने छ ।
ऊँ मणि पद्मे हुँ ।
ऊँ मणी पद्मे हुँ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
रङ

रङ

प्रदीपरत्न शाक्य
सुन्दरी

सुन्दरी

प्रदीपरत्न शाक्य
नयाँ सडक

नयाँ सडक

प्रदीपरत्न शाक्य
स्वर्गमा दैत्य

स्वर्गमा दैत्य

प्रदीपरत्न शाक्य
बन्दुकहरू

बन्दुकहरू

प्रदीपरत्न शाक्य
क्रान्ति

क्रान्ति

प्रदीपरत्न शाक्य
विषय अब चुनावको रहेन

विषय अब चुनावको रहेन

राजेन्द्रप्रसाद अधिकारी
लिम्पियाधुरा

लिम्पियाधुरा

मेघराज पाैड्याल
लामखुट्टे लगार्न आउ

लामखुट्टे लगार्न आउ

भोलानाथ सुबेदी
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x