साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोज बाबु

Nepal Telecom ad

शायद समयलाई गर्न सकेन काबु
एक्लै टहल्लिरहेथ्यो मनोज बाबु
झ्वाट्ट मेरो उपस्थितिमा टक्क अडियो
दुखेसो साथीको आँखामा पढियो

“ए मनोज के भो तँलाई यस्तो
शुन्यमा एक्लै झर्या तारा जस्तो”
“लाजै लाग्छ यार, के भनुँ तँलाई
धोका दिई बिन्दुले डिभोर्स गरि मलाई”

के भनुँ के भनुँ म छक्क परेँ
दुस्खी साथीतिरै छाँगाबाट झरेँ
दुनियाँ हँसाउने यो के भयो
मनोजेको आँखा रसाउदै गयो

बाहिर राम्रै देखिन्थ्यो मिलेझैँ जोडी
चित्त किन बुझेन चट्ट गइन् छोडी
उनी पनि बिचारकी धनी नै थिइन्
के कारण यस्तो निठूरी निर्णय लिइन्

मेरो सहानुभूति मात्रले के नै होला र
चिरिएको छातीलाई के गरी छोला र
विहेको दिन हरे कति खुशी थियो
निराश छ खुशी सबै कस्लाई दियो

खिस्स हाँसेर मलाई हेरिरहन्छ
घरीघरी उस्को आँखामा आँसु झरिरहन्छ
कसोरी भनुँ छोड्दे मनोजे जिन्दगी यस्तै हो
समाधान नै नभेटिने समस्या कस्तो यो ?

लस एन्जेलस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x