साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबतिर झगडा

Nepal Telecom ad

सबतिर झगडा भै त्रस्त हाम्रा विहान ।
किन र हुन गएको देश मुर्दा समान ।।
जुन भुमि छ मजाको बन्छ सोही चिथारो ।
यदि नियत छ सफा त्यो हुन्छ माटो पियारो ।।

समय वितिरहेछन् छैन बाटा फराक ।
धनि अति जलको खै वाँध गर्छन् मजाक ।।
जडिवुटि उति नै छन् खोज आऊ पहाड ।
अनि चढ चुचुरा ती जाऊ अग्ला हिमाल ।।

दखिनतिर तराई अन्न फल्छन् मनग्य ।
वन जन जलश्रोत् छन् गर्न सक्छौं अवश्य ।।
गरिव किन भएछौं स्वर्ग तुल्यै धरामा ।
रगत र पसिनामा फल्छ मोती गरामा ।।

अझ ति नव युवाको लाम जान्छन् विदेश ।
सब मिलि गर मान्छे बन्छ राम्रो स्वदेश ।।
झिलिमिलि बनिनेछन् गर्दा धेरै विकास ।
नगरि बसिरहेमा मिल्छ काँ त्यो निकास ।।

शहर अनि ति गाऊँ बन्नु पर्छन् मजाले ।
नहर र विजुलीले राज्य चल्छन् निकाले ।।
भर परि अरुकोमा लात मार्छन् छिमेक ।
गर यहि मुलुकैमा चाल्नु पर्छन् विवेक ।।

गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x