सुलसुलेकविता तथा चित्रकला प्रतियोगिता
झापा, असार ३ । कनकाई कला साहित्य समाज सुरुङ्गाले कनकाई नगरपालिका क्षेत्र भित्रका विद्यालय स्तरीय चित्रकला प्रतियोगिता र बाल कविता प्रतियोगिता सम्पन्न गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य उपेन्द्र पागलको प्रमुख आतिथ्य, कनकाई नगरपालिकाका कार्यकारी अधिकृत खगेन्द्र गिरीको विशिष्ट आतिथ्य, बाल साहित्य मञ्च नेपाल, झापाका संस्थापक अध्यक्ष देवीचरण भण्डारी ‘सरोज’, डा पुण्य प्रसाद पौडेल, मातृका सिटौला र साहित्यकार मित्र प्रसाद दाहालको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
हिम्मत नेम्वाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा कनकाई नगर क्षेत्रका विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कविता प्रतियोगिता र चित्रकला प्रतियोगितालाई आधारभूत तह र माध्यामिक तह गरी दुई तहमा विभाजन गरी कार्यक्रम संचालन गरिएको कार्यक्रममा दुवै प्रतियोगिताको अलग अलग निर्णायक मण्डल गठन गरिएको थियो ।
बाल कवितातर्फ आधारभूत तहबाका प्रतियोगीहरू मध्ये दीक्षा वि क प्रथम, वेदान्त तिम्सिना द्वितीय, निरुसा उप्रेती तृतीय र आकृति अधिकारीले शान्त्वना स्थान प्राप्त गरेका थिए । यसैगरी मावि तर्फ सारिका गिरी प्रथम, सुष्मा तुम्वापो द्वितीय, अंकित रिजाल तृतीय र मौसम तिम्सिना तथा अनिल लम्सालले शान्त्वना स्थान प्राप्त गरेका थिए ।
चित्रकला प्रतियोगिताको आधारभुत तर्फ प्रकृति राजवंशी प्रथम, विशाल लिम्बु द्वितीय, समीर राई तृतीय र प्रशंसा योङ्गाले शान्त्वना स्थान प्राप्त गरेका थिए । मा.वि. तर्फका प्रतियोगीहरू मध्ये सौरभ वस्याल प्रथम, रिसप प्रसाई द्वितीय, विश्वाश चौधरी तृतीय र गंगाराम वाग्लेले शान्त्वना स्थान पाप्त गरेका थिए ।
विजेता छात्र छात्राहरूलाई प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए । कनकाई बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णु प्रसाद कोइरालाले स्वागत एवम् सचिव प्रेम प्रभातले कार्यक्रमको संचालन गरेका थिए ।
Subscribe
Login
0 Comments
Oldest












































