साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विभेद

Nepal Telecom ad

फर्की आउँछ दुब्लिएर नभमा त्यो नक्कली चन्द्रमा
तारा छर्न प्रकाश रातभर नै तल्लीन छन् व्योममा ।
दागी भै उपमान जून, कविका चर्चाहरू भिन्न छन्
बेदागी र सधैँ उपस्थित हुने ताराहरू खिन्न छन् ।।

हुन्छन् पुष्प समीपमा अति तिखा काँडाहरू रक्षक
के देख्थ्यो र मनुष्य ऊ त फुलका सौन्दर्यमै लट्ठ छ ।
देखी रूप, सुँघी सुगन्ध नजिकै राखूँ, सजाऊँ भनी
टिप्ने कोसिस गर्छ घोच्छ जिउमा काँडा तगारो बनी ।।

कस्तो गर्छ विभेद मानिस सधैँ मन्दिरमा धाउँछ
ढुङ्गासाथ विलाप गर्छ र झुकी यो माथ टेकाउँछ ।
भोकै छन् तर ख्याल छैन घरमा आमा र बाबा बरु
मान्छे अर्पण गर्छ मन्दिर गई पैसा र लड्डुहरू ।।

चारै धाम घुमेर फिर्छ घरमा खर्चेर धेरै धन
आमाबाबु सधैँ उपेक्षित हुँदो दुख्दैन साह्रो मन ।
छन् आफ्नै घरभित्र विष्णु अथवा लक्ष्मी कहाँ बुझ्दछ ?
गर्दै भाकल ठोस पत्थर भने मान्छे सधैँ पूज्दछ ।।

चाहे मानिसले जितोस् भुवन यो राखेर रोजाइमा
मान्छे खुम्चिन पुग्छ आखिर उही सङ्कीर्ण सोचाइमा ।
मर्छन् मानिस काल, युद्ध अथवा सन्तापले रोगले
गर्छन् है दुधस्नान पत्थर, मरून् बच्चाहरू भोकले ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x