साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आश्चर्य

Nepal Telecom ad

मान्छे सिधा सोच भए पवित्र height=
बन्दा रहेछन् रिपुसम्म मित्र ।
कोर्दा विचारी सब मार्ग्चित्र
उत्साह, आशा बटुलिन्छ भित्र ।। {{read_more}}

साँचो कुरामा सुकरात मारे
संसारका दिग्गज दौड हारे ।
सामथ्र्य देखेर सबै डराई
घेरेर मारे अभिमन्युलाई ।।

डोरी बन्यो सर्प कठै नचिन्दा
श्रीरामको हुन्छ भुलेर निन्दा ।
कर्मादि राम्रो गर भन्छ गीता
दिन्छन् परीक्षा दिनरात सीता ।।

पापी र घाती जब जाल बुन्छन्
आदर्शवादी तब मौन हुन्छन् ।
साँचो बनाइन्छ मिलेर मिथ्या
आदर्शले गर्दछ आत्महत्या ।।

अभ्यासले मानिस पोख्त हुन्छ
गन्तव्यको पूर्ण उचाइ छुन्छ ।
निर्जीव भित्तो पनि कान सुन्छ
हो धीर मान्छे अविजेय हुन्छ ।

धोइन्छ कालो तनको, लुगाको
के जिन्दगी हुन्न सबै सुगाको ?
धोई गधा वत्स भनेर हुन्छ ?
के भालुले वेद, पुराण सुन्छ ?

सुर्खेत
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x