साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै मनुजता !!

Nepal Telecom ad

अहङ्कारी, स्वार्थी, पतित जसको अस्त्र छ छल height=
सुधा खाई ऊ नै सहजसित ओकल्छ गरल ।{{read_more}}
लुगा, पैसा, पेसा, पद र गरिमा उच्च छ तर
भुली हत्या, हिंसा, दलनतिर छन् उद्यत नर ।।

लगाई तर्सायो गरिब जन आरोप मसिना
लुट्यो, खोस्यो, खायो अबुझ जनको रक्त पसिना ।
कतै पैसा, इच्छा, दुध, मह तथा मैन लुटियो
‘लुटेरा’झैँ मान्छे सबतिर हुँदा चैन लुटियो ।।

कतै भोकै बस्छन् मजदुरहरू माम नभई
कतै डुल्छन् मान्छे हरदिन यहाँ काम नभई ।
बस्यो अल्छी मानी तर पनि बन्यो मालिक ठुलो
गधाझैँ जो खट्छन् सबतिर कहाँ बल्छ र चुलो ?

भिखारी बन्छन् ती हरदिन खटे यन्त्रसरि जो
भकारी भर्छन् ती परिश्रम गराईकन अहो !
यहाँ मान्छे, प्राणी सकल जसले शोषित गर्यो
कठै! मान्छेलाई असल कसले घोषित गर्यो ?

हड्प्छन् जो मान्छे गरिब जनका खेत र खला
तिनै स्वामी बन्छन् महल थपिँदा छन् अझ तला ।
सधैँ खोस्ने गर्छन् रगत पसिना छैन ममता
तिनी बाँच्दा मर्छन् गरिब जनता खै मनुजता ?

सुर्खेत
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x