साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानिन्न है सज्जन ?

Nepal Telecom ad

लौ है वाम समेट आम–जनता, बिर्सेर पूर्वाग्रह  height=
लौ है वाम दपेट भ्रष्ट जडता, पापी भएका ग्रह । {{read_more}} 
आफैभित्र पसेर मन्थन गरी, आफू उधार्याै भने 
भन्छन् वाम सुकाम आम जनले, आफू सुधार्याै भने ।।

ंहे नेतृत्व नढाँट सम्पति सबै, देखाउ तिम्रा भए 
सुम्पीद्यौ अब देशमा ऋषि बनी, वेदान्त नेता बने ।
देखाउ क्षमता दया करूणता, चम्काउँदै साम्यता 
स्वार्थी भाव पछार आम–जनमा, उचा रहोस् मान्यता ।।

नातावाद ढले दुराग्रह बले, मैवाद मेटिन्छ रे 
राम्रा नीति फले फुले मुलुकमा, सम्वृद्धि भेटिन्छ रे ।
बण्डावाद फराकिलो अब बनोस्, सम्वृद्धिकै खातिर 
आफै खाउँ र लाउँको मन हटे, लाग्छौँ सबै मास्तिर ।।

ंहोओस् कानुनको सुराज गतिलो, बन्द्यौ सदा सादगी 
सेवा कर्म सुधर्म मर्म–जनको, बुझ्दै गरे आरती ।
बन्दै शासक वा प्रशासक हिजो, जो–जो भए देशमा 
जम्मै सम्पति जाँच निर्मम बनी, आफू नछोडी त्यहाँ ।।

ंआफैबाट सुधारको प्रण गरी, आफू हुँदै दण्डित 
नौलो वाद चलाउँदा क्रमिकता, हुन्छन् अहा भङ्गित ।
त्यै हो दिव्य छलाङ फ्यूजन चुरो, ए वामकर्मी–जन 
आफू स्वच्छ नभै कराउन गए, मानिन्न है सज्जन ।।

धादिङ
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x