साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रुखका मालिकहरू !!

Nepal Telecom ad

काँधमा बन्चरो बोकेर height=
रुखको शितल छहारीमा [[read_more}}
थकाइ मारिरहेका छन् 
तथाकथित रुखका मालिकहरू ।

मानौ,
रुख उनिहरूको बपौति हो
बाबुको अंशको क्षेत्राधिकार हो
त्यसैले जे गरे पनि हुन्छ
काटे ताछे लछारे पनि हुन्छ
आफूभित्र दागाधारी अभिमान बोकेर
दम्भको मदिरा धोकेर
रुखकै शितल छहारीमा
थकाइ मारिरहेछन्
तथाकथित रुखका मालिकहरू ।

रुख, मात्रै रुख होइन
प्रकृति हो, जीवन हो प्राणहो
आश्रय हो, संसारको सम्मान हो
एउटा रुख ढल्दा
हजारौ जीवको आँत सुक्छ
मान्छेको मात्रै होइन
ईश्वरको पनि मन दुख्छ
पाहाडमा पैह्रो जान्छ
तराईलाई खडेरीले खान्छ
तर
निरुद्देश्य निस्प्रयोजित
समयको घोडा चढेर
दलालको अंगालोमा अघि बढेर
रुख मास्ने योजनामा
काँधमा बन्चरो बोकेर
रुखकै छहारीमा
थकाइ मारीरहेछन्
तथाकथित रुखका मालिकहरू ।

ए बुद्धुहरू हो !
रुख ढल्दा तिमीहरू कहाँ ठडिन सक्छौ ?
रुख नहुँदा
कस्को छहारीमा बस्छौ ?
अस्तित्वभन्दा अभिमान ठुलो होइन
दम नासेर दम्भ बाँच्दैन
तर पनि
यो दुनियाँलाई सकेसम्म दोहन गरेर
मोज मस्तीलाई जिन्दगीको अर्थ भरेर
रुख नास्न अधिकार पाए झैं
रुखकै शितल छहारीमा थकाइ मारीरहेछन्
तथाकथित रुखका मालिकहरू !

झापा
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x