साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रजातन्त्र चर्चा

Nepal Telecom ad

आयो प्रजातन्त्र भनेर सुन्दछु,जाला प्रजातन्त्र भनेर सुन्दछु
के हो प्रजातन्त्र कहाँ उदाउँछ, कता पसी जान्छ कहाँ बिलाउँछ ।

आफ्नै कुरा मात्र सधैं फलाकनु,कुरै अरूका नसुनेर काटनु
ढुंगा छ ऐना घरका फुटाउनु,यै हो प्रजातन्त्र भने म के भनुँ।

सिन्को नभाँची अलमस्त हल्लिनु,खेतै नरोपी खलिहान खोजनु
कालू कमा भालु उडा गराउनु,यै हो प्रजातन्त्र भने म के भनुँ ।

चन्दा बटुल्ने चमचा जुटाउनु,पार्टीपिछे एक रसीद काटनु
जो दिन्न उस्को तबला बजाउनु,यै हो प्रजातन्त्र भने म के भनुँ ।

पढाइभन्दा पनि टाइ लाउनु,दुई तियाँ के कहिल्यै नआउनु
मैह्नै पिछे शुल्क भने बढाउनु,यै हो प्रजातन्त्र भने म के भनुँ ।

चुनावका लागि कलेज धाउनु,लाटा र सोझा झगडा गराउनु
जाँचै नदी पास हुँ भन्न आउनु,यै हो प्रजातन्त्र भने म के भनुँ ।

अनर्थले अर्थ निकै कमाउनु,नाता कुटुम्बीसित धाक लाउनु
बिहे सरी जन्मदिनै मनाउनु,यै हो प्रजातन्त्र भने म के भनुँ ।

संस्थानमा दुर्गतिले धसाउनु,नौ मासको बोनस खान पाउनु
पुगेन भन्दै जनता चुसाउनु,यै हो प्रजातन्त्र भने म के भनुँ ।

झन् पातलो झन् महँगो बनाउनु,अजीर्णले छुन्न भनी फकाउनु
सम्साँझमा नै बिजुली निभाउनु,यै हो प्रजातन्त्र भने म के भनुँ ।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x