साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रित्याउनु मुलुकको ढुकुटी निखारी

Nepal Telecom ad

(महाकवि देवकोटा अहिले थिए भने आफ्नो ‘प्रश्नोत्तर’ कविता यस्तो लेख्थे)

के हो अहो अमृतकन त्यो ? मदिरा समान
क्यै छैन अन्य तिमीले यति राख ज्ञान
खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
खानू लुटेर दिनहुँ अरूको जहाँ छ ।

के भैरहेछ जगमा कति छन् विरोध ?
जान्दिन त्यो बरू बन्दुकलाई सोध ।
भेटिन्छ ईश कुन मन्दिरमा पसेर ?
गाउँतिर झोपडीभित्र पसेर हेर ।

कर्तव्य के छ जनको ? निमुखा निचोरी
मच्चाउन जति सकिन्छ नि घूसखोरी
रित्याउनु मुलुकको ढुकुटी निखारी
खानू बसेर घरमा सबले डकारी ।

के हो ठूलो जगतमा ? रुपियाँ समान
देखिन्न केही अरू चीज महान
ऐले अमीरसँग छन् सब थर्कमान
दौडी रहेछ तिनकै पछि वर्तमान ।

पाइन्न शान्ति किन हो ? कुन ठाउँ मिल्छ ?
शस्त्रास्त्रको गतिविधी जब बन्द हुन्छ
शान्ति यहीँ वरिपरि छ लुकिरहेको
हाबी भएर बम पो त नदेखिएको ।

के हुन्छ भाषण गरेर ? छिटो विकास
केको विकास शुरु भो ? सबतर्फ त्रास
के मिल्छ गोष्ठीहरूबाट ? यथेष्ट भत्ता
उद्देश्य के ? लिनु लडीकन एक सत्ता ।

बम्घा–८, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x