साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ह्वाँको सवारी भयो

Nepal Telecom ad

तन्नेरी जति सिन्धुपार उनिए छोडेर आफ्नो घर height=
वृद्धा वृद्धहरू पुगे सदनमा छन् लस्करै लस्कर {{read_more}}
ताली खोज्न हतार भो सहरमा हेर्दै ढिला भैगयो 
रोक्नोस् लौ अब एम्बुलेन्स गुरुजी ह्वाँको सवारी भयो 
।१।

बाख्राखोरहरू कुलो र कलको गर्नैछ उद्घाटन
माला क्विन्टलको तयार गरियो सुन्दै थिएँ गन्थन
चिल्लो कार कुदेछ साइरनमा झस्केर सातो गयो
रोक्नोस् वारुणयन्त्र साइड गरी ह्वाँको सवारी भयो
।२।

खोकी लाग्छ भने विदेश नगए सन्चो हुँदैहुन्न रे
नेपाली उपचारले डलरझैँ आत्मा छुँदैछुन्न रे 
आफ्नै हो नि छँदैछ राज्य ढुकुटी साचो सँगैमा रह्यो
ताल्चा मार न अस्पताल तिरका ह्वाँको सवारी भयो 
।३।

चौरासी कटिए उमेर छ अझै नेता–युवा भन्नु छ
सत्ता प्राङ्गणमा अझै शकुनि भै पासाहरू गन्नु छ
धिन्ताङ् मादल साथ नर्तक बनूँ संक्षिप्त शुर्ता रह्यो
कान्छा मादल ठोक् जहाज–नभमा ह्वाँको सवारी भयो
।४।

बर्षौँबर्ष बिते चुनाव अघिका सम्झेँ मिठा भाषण
निम्तोपत्र दिएँ ठुलो अतिथिको अग्लो बन्यो आसन
मन्त्री हाजिर बल्ल गाउँघरमा उत्साह अर्कै छ यो
खै बोका कुखुरा बँदेल मदिरा ह्वाँको सवारी भयो
।५।

पञ्चेश्वर–६, बिजुल, बैतडी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x