साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बच्चाको बाउ को हो ?

Nepal Telecom ad

एउटा रक्सी उद्योगमा काम गर्ने ‘मदिरा टेस्टर’ केही समयको लागि बिदामा बस्नुपर्ने अवस्था भयो । {{read_more}} मदिरा स्वाद परिक्षण (टेस्ट) नगरि बजारमा बिक्रीको लागि पठाउन मिल्दैनथ्यो । रक्सी उद्योगको मालिकले नयाँ टेस्टर धुइँपत्ताल लगाएर खोज्यो । तर भनेजस्तो कहिँकतै भेटेन ।

मालिकले उद्योगमा काम गर्ने सबै कर्मचारीलाई नयाँ टेस्टर खोज्नका लागि अह्रायो । कर्मचारीहरू उद्योगको काम छाडेर मदिरा टेस्टर खोज्दै हिँडे । 

एउटा कर्मचारीले भट्टीमा रक्सी पिइरहेको एउटा जड्याहालाई समातेर ल्यायो । कर्मचारीले भन्यो– ‘सर, यो मानिस टेस्टिङको सबै स्किलमा पारङ्गत छ । यसैलाई राखौँ ।’

फोहोर लुगा लगाएको, मुखबाट मदिराको गन्ध ह्वास्सै आउने, देख्दैमा घीनलाग्दो देखेर मालिकले त्यसलाई टेस्टर पदको जिम्मेवारी दिन चाहेन । तरपनि सुरुमै हुँदैन भन्न सकेन ।

मालिकले त्यो जँड्याहालाई एक गिलास वाइन चाख्न दियो । वाइन चाखिसकेपछि जँड्याहा बोल्यो– ‘यो रेड वाइन हो । अमेरिकाको नापा भ्यालीमा उत्पादन भएको हो । यो वाइन तीन वर्ष पुरानो हो र ओकको मुढामा यसलाई राखेर उत्पादन गरिएको हो ।’

मालिकले थाहा पायो टेस्टरको रुपमा आएको जँड्याहाले शत प्रतिशत सही पहिचान गरेर कुरा गरिरहेको छ ।

मालिकले टेस्टरलाई उद्योगमा उत्पादन भएका बिभिन्न प्रकारका मदिराहरू चाख्न लगायो । उसले सबै चाखेर सही जवाफ दियो ।

जँड्याहाको शरीरबाट आइरहेको दुर्गन्धले गर्दा मालिकले उसलाई टेस्टरका रुपमा नियुक्ती दिन पटक्कै मन गरेन ।

मालिकले आफ्नो सेक्रेटरीलाई बोलाएर भन्यो– ‘यसलाई टेस्टिङमा फेल गरेर काम नदिने कुनै उपाय छैन ? लौ निकालिहाल त ।’

सेक्रेटरीले तुरुन्तै जवाफ दिइन्– ‘सर, मसँग गतिलो उपाय छ । म यसलाई मेरो पिशाब गिलासमा राखेर दिन्छु । त्यसपछि यो फेल हुन्छ । काममा नराख्ने दह्रो बहाना मिलिहाल्छ नि ।’

मालिकले सेक्रेटरीको सुझाव अनुसार गर्यो । सेक्रेटरीले गिलासमा पिशाब गरेर ल्याइन् । त्यही पिशाव जँड्याहा टेस्टरलाई परीक्षणका लागि दिइयो ।

गिलासको पिशाब केही सिरप घुटुक्क घुटुक्क पिएपछि जँड्याहाले भन्यो– ‘२६ वर्षकी केटी । गर्भवती छे । तीन महिना भैसक्यो ।’

उसले थप भन्दैगयो– ‘अब पनि यदि मलाई जागिर नदिने हो भने यो पनि भनिदिन्छु कि हुनेवाला बच्चाको बाउ को हो भनेर ।’

जँड्याहाको कुरा सुनेपछि उद्योग मालिक र सेक्रेटरी दुबै वेहोश । 

– रामचन्द्र भट्ट
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जँड्याहालाई नर्क

जँड्याहालाई नर्क

रामचन्द्र भट्ट
आधुनिक स्वस्थानी

आधुनिक स्वस्थानी

रामचन्द्र भट्ट
0
Would love your thoughts, please comment.x
()
x