साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्द सफल भएकै हो कमरेड !

Nepal Telecom ad

बन्द सफल भएकै हो कमरेड !
बन्द सफल भएकै हो,

ज्ञानेको घरमा आज चुल्हो जलेन
बडो, ठेलागाडा चलाएर
छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउँथ्यो
दिनभरि उत्तानो टाङ् लगाएर
घरै बसेछ ज्ञाने
ठेला चलाउन नपाएपछि
न नुन, न भुटुन,
मसाग ज्ञाने
छोराछोरीलाई खुबै ठुलो मान्छे बनाउँछु भन्थ्यो
आफू नखाए पनि छोराछोरीलाई भोकै राख्दिन भन्थ्यो
बल्ल ठिक पर्यो कमरेड
बन्द सफल भएकै हो कमरेड !
बन्द सफल भएकै हो ।

बाटोमा सुत्केरीको बेहाल भएको छ
न ठेला भेटिएको छ
न कुनै रिक्सँग नै
एम्बुलेन्सले दोब्बर भाडा मागेछ
ट्याक्सीले त झन चौबर
सुत्केरीले
बाटोमै बच्चा जन्माउली जस्तो छ कमरेड !
उता अस्पतालले बिरामी डिस्चार्ज गरेछ
उसको पनि उस्तै हाल छ
अस्पताल छोडे, होटल बन्द छ
बाटोको बास हुने भएछ कमरेड !
यस्तो आपत परेपछि
बन्द सफल भएकै हो कमरेड !
बन्द सफल भएकै हो ।

चौतारा–चौतारामा तास खेल्नेको भीड देख्दैछु
आज सबै फुर्सदिला भएका छन्
सबैले धन्यबाद दिएकै छन्
कार्यालय धाउनुपर्ने पनि यतै छन् आज
अधिकाँश उद्योग पनि बन्दै छ
करोड त नाघ्छ कमरेड !
आजको व्यापार घाटा
करोड त नाघ्छ,
उत्पादन नभए पनि
उद्योग नै नचले पनि
हाम्रा मजदुरहरूको एकता देखिएकै छ
सबैले पारिश्रमिक पाएकै छन्
राजस्व छल्ने व्यापारीको
घाटा भएर के भो र !
हाम्रा कमरेड मजदुरहरूले त आराम गरेकै छन्
त्यसैले
बन्द सफल भएकै हो कमरेड !
बन्द सफल भएकै हो ।

धीरज आज निकै थकित देखिन्छ
खुट्टैभरि फोकै फोका उठेछ विचराको !
तीन घण्टाको हिँडाइमा परेछ
नहिँडे परीक्षा छुट्ने
परीक्षा छुटे वर्षभरिको मेहनत खेर जाने
के गरोस् विचरा !
कुनै स्कुलका सवारी सँगधन
चल्न नदिएको ठीक भएछ कमरेड !
सँगरा विद्यार्थीले दुःख पाएपछि
बन्द सफल भएकै हो कमरेड !
बन्द सफल भएकै हो ।

घर आउँदा पो थाहा भो कमरेड !
अघि बिहानै फुटाएर जलाएको एम्बुलेन्समा
एउटी बुढी आइमाई थला परेर अस्पताल जाँदै रै‘छिन्
हाम्रा ‘अस्थायी कार्यकर्ता’हरूले फुटाईहाले

क्षणभरमै आगो पनि लगाई हाले
ती बुढी आइमाई ठाउँको ठाउँ नै मरेको खबरले
आजको दिनभरिको बन्द सफल भएकै हो ।

घर आउँदा पो थाहा भो कमरेड !
ती बुढी आईमाई त
मेरी आमा पो रहिछन्
म घाट जानु पर्ने भयो कमरेड !
अब कसरी भनुँ !
बन्द सफल भएकै हो कमरेड !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिथार्नेहरू छन्

चिथार्नेहरू छन्

आनन्द श्रेष्ठ
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x