साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घरबेटीको मानसिकता

Nepal Telecom ad

‘इन्जिनियरले घर बनाउने जग्गाको नापजाँच गरिसकेपछि धनीले भन्यो– ‘इन्जिनियर साहव, माथिल्लो तलामा चैं भान्सा पूर्वउत्तर कुनामा पूर्वै फर्काएर पकाउने गरी र भुईंतलामा चैं पश्चिम उत्तर कुनामा, पश्चिमै फर्किएर पकाउने गरि राखिदिनु होला है ।’
केही समय अघिसम्म वास्तुशास्त्र बमोजिम घर भएन भने यस्तो र उस्तो अनिष्ट हुन्छ, उन्नति प्रगति केही हुँदैन आदि–आदि भनेर भटभटाई रहेको र अझ तिमीलाई वास्तुशास्त्रको ज्ञान छ कि छैन ? भनेर आफैंलाई र्याख–र्याख पारिरहेको मानिसको दोधारे कुरा सुनेर इन्जिनियर छक्क प¥यो र सोध्यो– ‘भुइँतलामा चैं किन वास्तु बिपरित पश्चिममा किचन र त्यो पनि पश्चिमै फर्काएर पकाउने गरी किन ?’
‘भुइँतला त भाडामा लाउने हो नि त, त्यसैले’– धनीले उत्तर दियो ।
‘भाडामा लाउने ?’– उसैका कुरा दोहोर्यायो इन्जिनियरले आश्चर्य मानेर र फेरि प्रश्न थप्यो– ‘भाडामा बस्नेले पूर्व फर्किएर पकायो भनें चैं के हुन्छ र ?’
‘के हुन्छ नि अब, उन्नति प्रगति भएर अलि हुन थालेपछि टाउकामा टेक्छ । अनि मैले चैं भाडावाललाई मालिक माने जसरी मान्नुपर्छ, त्यसैले ।’ –उसको उत्तर थियो ।

जुरोपानी– ४, झापा
हालः मैतीदेवी, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x