साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हराएको फिस्टो भेटियो

फिस्टाले भन्यो- डढेलो निभाएको नि । यो सुन्ने बित्तिकै सबै गलल्ल हाँसे । गधाले झट्टै भन्यो— हात्तीदेखि मसम्मका कसैले निभाउन नसक्ने पुस्तैनी डढेलो तैँ फिस्टाले निभाउलास् अब !!

Nepal Telecom ad

असारे झरी बितेर साउनको आधाभन्दा उकालो लाग्दा पनि जङ्गलको डढेलो निभ्ने नामै लिँदैन । सबै अत्यासमा छन् । ए बाबा के अचम्म भयो होला भन्ने कोही । भागेर अर्को मुलुक पुग्ने कोही । मान्छेको हालत त्यस्तो भए पशुपक्षीको के भयो होला ? यस्तै बर्खे झरीले डढेलो पो किन निभोस् ? आखिर बत्तीस चौँतीस वर्ष अघिको चैते बैसाखे खडेरीबाट उर्लेको रहेछ । वनमारा झार उसरी नै पलाउने डढेलोले त्यसकै आडमा रुखै सुकाएर डढाउन नछोड्ने ।

यस वर्षको असार पनि गयो र साउन आधा उकालो लागिसक्यो । निभ्ने लक्षण देखिएन । बाँदर बुढालाई होस आयो । को को जोगियौँ र कोही डढेलामा पो पर्‍र्यौँ कि भनेर गन्न थाल्यो । आखिरमा फिस्टो भेटिएन ।

कसैलाई बोली बिझाउन नजानेको, आफ्नै लयपयमा एकलगनी गरिखाने बिचरो फिस्टो हरायो । सोझालाई कसले खोज्ने र ? धन्न बाँदर बुढाले सम्झिए । अब फिस्टाको खोजी हुन थाल्यो । हिजोअस्ति फुटेज खोजेझैँ फिस्टे अनुसन्धानमा भित्रभित्रै कोही लागे । कुन्नि के अधिकारी खोजेझैँ हल्लाखल्ला कसैले मच्चाए । आखिर फिस्टो भेटियो ।

सानो चरो बिचरो फित्कौलीका व्यङ्ग्य साहित्यकारले बोलेझैँ चुच्चामा पानी बोकेर डढेलामा हाल्दै रहेछ । हात्तीका साना आँखाले देख्यो । सुँड लम्काएर सोध्यो— ए फिस्टा मरौला नि डढेलोमा के गरेको यस्तो ?

फिस्टाले भन्यो- डढेलो निभाएको नि । यो सुन्ने बित्तिकै सबै गलल्ल हाँसे । गधाले झट्टै भन्यो— हात्तीदेखि मसम्मका कसैले निभाउन नसक्ने पुस्तैनी डढेलो तैँ फिस्टाले निभाउलास् अब !!

फिस्टाले भन्यो— परिणाम जे होला तर सबै जनाले आआफूले सक्ने त गरौँ न ।

हराएर बल्लबल्ल भेटिएको विचरा फिस्टो एक्लै चुच्चामा पानी बोकेको बोक्यै छ ।

कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
मेहन्दी

मेहन्दी

ईश्वर पाेखरेल
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x