
पुष्प दाइ
आफ्नै आफ्नै डम्फु आफ्नै आफ्नै ढोलक ढोलक ठोक्ने गजो कस्ले ठिक्क पार्छ बिन्ति भाउ छ है बाजा राम्रो ठोक ए बस भनिदेउन पुष्प दाईले कुर्सी छोडे रे ।

अशोककुमार शिवा :
पुष्प दाइले कुर्सी छोडे रे
बस्ने पिर्का देउ न
कुन गाडीमा चड्दा होलान्,
सेवा कस्को लिए होला
उनलाई सम्झाई देउन
ए बस भनिदेउन
पुष्प दाइले कुर्सी छोडे रे
ए पुष्प दाइले कुर्सी छोडे रे ।
बाले कुर्सी खोसे, सबै पारे पोको
बाकी रह्यो सबै पुष्प दाइको धोको
सम्झि सम्झि कुर्सीलाई कति कल्पे होला
झोलाभित्र कतिको विकासे फाइल होला
त्यही फाईल हेर्दै दाइ कति रोला
बिन्ति रुन नदेउ उनलाई अरु धेरै
ए बस भनिदेउन पुष्प दाईले कुर्सी छोडे रे
ए पुष्प दाइले कुर्सी छोडे रे ।
उनी गए भने देशमा के नै हुन्छ
विकासे कामहरू कस्ले कहिले हेर्छ
कस्ले कस्लाई टेर्छ, सबैले आफ्नै हेर्छ
आफ्नै आफ्नै डम्फु आफ्नै आफ्नै ढोलक
ढोलक ठोक्ने गजो कस्ले ठिक्क पार्छ
बिन्ति भाउ छ है बाजा राम्रो ठोक
ए बस भनिदेउन पुष्प दाईले कुर्सी छोडे
रे
पुष्प दाइले कुर्सी छोडे रे
ए पुष्प दाइले कुर्सी छोडे रे
ए पुष्प दाइले कुर्सी छोडे रे
ए पुष्प दाइले कुर्सी छोडे रे
(राइ माइलाले गाउँ छोड्यो रे… )
०००
गल्कोपाखा, काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest