साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन्छिन् मेरी बुढी

जीवनभर साथ दिन्छु भनेकै थिएँ फेरो लाउँदा खेरि मायापिर्ती हाम्रो अमर बनाऊ बुढा भन्छिन् मेरी बुढी ।

Nepal Telecom ad

सेतै फुलिस् कपाल रङ्गाऊ बुढा भन्छिन् मेरी बुढी
ब्यायाम बढाऊ अब पेट घटाऊ बुढा भन्छिन् मेरी बुढी

स्वादे जिब्रो मेरो मिठो खान मन लाग्छ आफूलाई
तौल बढ्ला फेरि धेरै नखाऊ बुढा भन्छिन् मेरी बुढी

हो लड्खडाउँछन् यी मेरा पाइलाहरू कहिलेकाहीँ
सँगैँ हिँड्दा आऊ हात समाऊ बुढा भन्छिन् मेरी बुढी

आदत न हो टुच्च लाउन मन लाग्छ साँझ परेपछि
घरमै पिऊ तर भट्टितिर नजाऊ बुढा भन्छिन् मेरी बुढी

फेसबुक र टिकटकमा मायालुका तस्बिर हेरेपछि
घरीघरी माया पनि देखाऊ बुढा भन्छिन् मेरी बुढी

जीवनभर साथ दिन्छु भनेकै थिएँ फेरो लाउँदा खेरि
मायापिर्ती हाम्रो अमर बनाऊ बुढा भन्छिन् मेरी बुढी ।

०००
फ्लोरिडा, यूएसए

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उफ ! एकलकाँटे समाज !

उफ ! एकलकाँटे समाज...

डा.अमर कार्की
बाको कमाइ

बाको कमाइ

डा.अमर कार्की
पाँच ठोक्तक

पाँच ठोक्तक

डा.अमर कार्की
मेरा सपनाका चोरहरू

मेरा सपनाका चोरहरू

डा.अमर कार्की
मुक्तके दोहोरी

मुक्तके दोहोरी

डा.अमर कार्की
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x