साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रौढ वैशिष्ठ्य

जीवन चिन्न सक्यौँन भने सुख लुक्दछ हुन्छ कहाँ बलियो लौकिक सुख्ख छ सत्य भने दिल रोग बढ्यो मन चाउरियो

Nepal Telecom ad

दन्त गले पनि चाउरिए मुख हुन्छ बुढो दिलको खँदिलो
केस फुलेपछि ज्ञान पलाउँछ बन्दछ निर्मल बन्छ किलो
दुर्गुण त्याग्दछ सात्त्विक बन्दछ हुन्न रुखो मनको मलिलो
ज्ञान सिकाउँछ वन्दित बन्दछ देख्छ सबै रणको धमिलो ॥१

मान्य अमान्य बुझी कुन हो सबका दिलभित्र उदात्त छवि
गर्दछ स्वागत मान्य भनी सहभाव सबैसँग झैँ छ रवि
ता पनि चिन्तित हुन्छ बुढो सब हुन् सुखदा नबनून् अमिला
उन्नतिको पथ चुम्न सकून् मन श्लाघ्य रथी र बनून् सुकिला ।२

वैभवयुक्त सखायुत हुन् भवसिन्धु बुझी परमार्थतिर
भन्छ बुढो परिवार उठून् तर बुझ्दछ को निज स्वार्थतिर
मन्त्रसमान विचारहरू जब भौतिक देह सकिन्छ अनि
ठान्दछ सत्य बितेर गए अहिले बनिए मनका सपनी ॥३

वैभव हुन् सब वृद्धहरू बुझ मानव बन्न सिकेर छिटो
मात्र अहम् मनभित्र भए दिलदाग रुखो अनि हुन्छ पिठो
जीवन चिन्न सक्यौँन भने सुख लुक्दछ हुन्छ कहाँ बलियो
लौकिक सुख्ख छ सत्य भने दिल रोग बढ्यो मन चाउरियो ॥४

हुन् गहना जति प्रौढ यहाँ चिनजान गरौँ अनमोल सुधा
वन्दित चन्द्रसमान बुझौँ गरियोस् ममता सुख मिल्छ सदा
वालक हो बुझ मान छिटो नबुझी पछुताउन बाद्ध्य जन
अग्नि बल्यो घरका शिरमाअब खन्छु कुवा नभनोस् रसना ।५

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माता ती पतिकी मुमा सरह…

माता ती पतिकी मुमा...

हरिप्रसाद रिमाल
वृद्ध चिन्तन

वृद्ध चिन्तन

हरिप्रसाद रिमाल
देवकोटा स्मृति

देवकोटा स्मृति

हरिप्रसाद रिमाल
चटारो

चटारो

हरिप्रसाद रिमाल
पिता

पिता

हरिप्रसाद रिमाल
जन्म-दाता पितामाता

जन्म-दाता पितामाता

हरिप्रसाद रिमाल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x