साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फित्कौली गजल

​झुकेर शिर बाँच्नु भन्दा, छ मर्नु जाति ए 'सखा' म मुर्दा शान देखाउने, लास बाँच्न सक्दिनँ !

Nepal Telecom ad

नन्दलाल आचार्य :

​पसिना बेच्छु गर्वले, म आश बाँच्न सक्दिनँ
हुँ भोको पेट ठिक छ, तर दास बाँच्न सक्दिनँ !

​हुँ धुलो मैलो श्रमजीवी, छ फोक्सोभरि धुवाँ यहाँ
महलको बन्द कोठामा, निरास बाँच्न सक्दिनँ !

​छ गाँस खोस्ने बानी तिम्रो, छ भाषणको खेती यहाँ
म हड्डी मात्र चपाउने, निकास बाँच्न सक्दिनँ !

​म खोज्छु पौरखी हात, म रोज्छु आफ्नै माटोलाई
विदेशी जुठो थालको, विलास बाँच्न सक्दिनँ !

​झुकेर शिर बाँच्नु भन्दा, छ मर्नु जाति ए ‘सखा’
म मुर्दा शान देखाउने, लास बाँच्न सक्दिनँ !

०००
२०८२ फाल्गुन १६ गते ।
बेलका, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x