नन्दलाल आचार्यफित्कौली गजल
झुकेर शिर बाँच्नु भन्दा, छ मर्नु जाति ए 'सखा' म मुर्दा शान देखाउने, लास बाँच्न सक्दिनँ !

नन्दलाल आचार्य :
पसिना बेच्छु गर्वले, म आश बाँच्न सक्दिनँ
हुँ भोको पेट ठिक छ, तर दास बाँच्न सक्दिनँ !
हुँ धुलो मैलो श्रमजीवी, छ फोक्सोभरि धुवाँ यहाँ
महलको बन्द कोठामा, निरास बाँच्न सक्दिनँ !
छ गाँस खोस्ने बानी तिम्रो, छ भाषणको खेती यहाँ
म हड्डी मात्र चपाउने, निकास बाँच्न सक्दिनँ !
म खोज्छु पौरखी हात, म रोज्छु आफ्नै माटोलाई
विदेशी जुठो थालको, विलास बाँच्न सक्दिनँ !
झुकेर शिर बाँच्नु भन्दा, छ मर्नु जाति ए ‘सखा’
म मुर्दा शान देखाउने, लास बाँच्न सक्दिनँ !
०००
२०८२ फाल्गुन १६ गते ।
बेलका, उदयपुर ।
Subscribe
Login
0 Comments
Oldest







































