आलीमाथि आली
यति सानो खेत हाम्रो आलीमाथि आली
देख्न पर्यो कन्तबिजोग हरे यसै पाली
सानो सानो परिवार अगणित भान्छा
खान खोजे बाक्लो दाल अर्कै छाना हाली
अनन्त यी सेता हात्ती जूका अनि ब्वाँसा
शोषक हुन् सामन्ती हुन् कति गर्नु गाली
अभिशाप परिवर्तन बनाएरै छाडे
बोकी आगो आएको छ बाटिकामा माली
निला साँढे कता मरे आए राता साँढे
माँडे चरे यो देशको लहलह बाली
हामी विष्णु हामी लिष्नु पुगे माथि माथि
सुनी भाषण शकुनीको अझै ठोक्छौं ताली
बाग्मती विष्णुमती रोईरहेका छन्
तीर्थ थिए हिजोसम्म आज बने नाली
जुरुक्जुरुक हिमालय उठ पहाड तराई
जाग जाग अब जाग पुरै मेची काली
सियो बनी पसे हिजो गरे मिठा बात
आयो ताज शिरमाथि निस्के बनी फाली ।
चितवन