साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गजवाष्टक

Nepal Telecom ad

(१)
भ्रष्टाचारको जात हुँदैन पार्टी पनि हुन्न height=
किन कुनै आन्दोलनले भ्रष्टाचारी छुन्न ? {{read_more}}
नयाँ सरकार बन्नासाथ छाता लिइ पुग्छन्
थाली हाल्छन् पाउ मोल्न तानाबाना बुन्न ।

(२)
देश लुटेर ठूला महल गाडी पनि किन्छन्
मैले यति कमाको छु भनी खोक्तै हिन्छन्
काङ्ग्र्रेस कम्निष्ट राप्रपा सब एउटै ड्याङका मूला
हरेक सरकार तिनैलाई तक्मा पदक दिन्छन् ।

(३)
खर्दार साबको तलब हेरौं चम्चमाउँदो गाडी
युरोपियन डाइमण्ड सुट र स्वर्ण जडित साडी
चोक बजारमा हामी पनि उन्कै तारिफ गर्छौं
चिफ गेष्ट फर्माउँछौं खस्रा हात माडी ।

(४)
नेता ठान्छन् कर्मचारी भन्दा हामी ठूलो
भित्रभित्रै बनाउँछन् उनैलाई धूलो
तिन्कै ओत बनाएर मोजमस्ती गर्छन्
उनैतिर ढल्काइ दिन्छन् बेइमानीको तुलो ।

(५)
सानातिना कार्यक्रममा बिल बजेट भारी
बहियात खर्च बढाउँछन् करले जन्ता मारी
व्यवस्थालाई दोष दिन्छन् फाइदा आफू लिन्छन्
जनतालाई सताउँछन् तारिख सारी सारी ।

(६)
बलात्कारी अपराधी अत्याचारी मोरा
यीनकै आडमा लुक्ने गर्छन् यिन्कै भाइ छोरा
महिनै पिच्छे मिलाएर स्वदेश विदेश गर्छन्
यिनैले नै लुकाउँछन् सुन चाँदीका बोरा ।

(६)
अलकत्र दुई दिनमै भत्की खाल्डो पर्छ
करोडौंको पुल बन्या छिनमै भत्की झर्छ
ठेकेदार र यिनको हुन्छ सँधै मिलेमतो
यिनकै हुन्छ दादागिरी कस्ले के पो गर्छ ।
झापा, गाैरादह

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x