सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गजवाष्टक

Nepal Telecom ad

(१)
भ्रष्टाचारको जात हुँदैन पार्टी पनि हुन्न height=
किन कुनै आन्दोलनले भ्रष्टाचारी छुन्न ? {{read_more}}
नयाँ सरकार बन्नासाथ छाता लिइ पुग्छन्
थाली हाल्छन् पाउ मोल्न तानाबाना बुन्न ।

(२)
देश लुटेर ठूला महल गाडी पनि किन्छन्
मैले यति कमाको छु भनी खोक्तै हिन्छन्
काङ्ग्र्रेस कम्निष्ट राप्रपा सब एउटै ड्याङका मूला
हरेक सरकार तिनैलाई तक्मा पदक दिन्छन् ।

(३)
खर्दार साबको तलब हेरौं चम्चमाउँदो गाडी
युरोपियन डाइमण्ड सुट र स्वर्ण जडित साडी
चोक बजारमा हामी पनि उन्कै तारिफ गर्छौं
चिफ गेष्ट फर्माउँछौं खस्रा हात माडी ।

(४)
नेता ठान्छन् कर्मचारी भन्दा हामी ठूलो
भित्रभित्रै बनाउँछन् उनैलाई धूलो
तिन्कै ओत बनाएर मोजमस्ती गर्छन्
उनैतिर ढल्काइ दिन्छन् बेइमानीको तुलो ।

(५)
सानातिना कार्यक्रममा बिल बजेट भारी
बहियात खर्च बढाउँछन् करले जन्ता मारी
व्यवस्थालाई दोष दिन्छन् फाइदा आफू लिन्छन्
जनतालाई सताउँछन् तारिख सारी सारी ।

(६)
बलात्कारी अपराधी अत्याचारी मोरा
यीनकै आडमा लुक्ने गर्छन् यिन्कै भाइ छोरा
महिनै पिच्छे मिलाएर स्वदेश विदेश गर्छन्
यिनैले नै लुकाउँछन् सुन चाँदीका बोरा ।

(६)
अलकत्र दुई दिनमै भत्की खाल्डो पर्छ
करोडौंको पुल बन्या छिनमै भत्की झर्छ
ठेकेदार र यिनको हुन्छ सँधै मिलेमतो
यिनकै हुन्छ दादागिरी कस्ले के पो गर्छ ।
झापा, गाैरादह

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
नयाँ वर्षमा

नयाँ वर्षमा

खगेन्द्र नेउपाने
हे भगवान !

हे भगवान !

खगेन्द्र नेउपाने
जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ

जतातिर हरियाे छ त्यतैतिर...

खगेन्द्र नेउपाने
को हो त्यो ?

को हो त्यो ?

खगेन्द्र नेउपाने
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही