डिल्लीप्रसाद मूलतिहुनचार टुक्रा भैरवमा
जाउँ असनमा बुझ्न डबलीतिर के भयो, नेता नम्बरको चर्चा अझैसम्म चलिरर्ह्यो, बाँकी नै छ यहाँ मुख्य कुरा गर्नु छ त्यो अब, भन्छन् हजुरको भान्छा भयो भएन भैरव ?
१.
हाँस्ने मेसो मिलाएर भुँडीको जयगानमा
लाग्दै लाग्दैन जो मान्छे पर्नेछ अपमानमा
भन्ने भैरव अर्याल हामीबाट विदा भए
आलू निबन्धले भन्छ बाँच्न गाह्रो छ निर्भय ।
२.
चरीचुच्चे चको चर्चा चल्छ चौका चुलातक
इतिश्री सबै भन्न सकिंदैन भकाभक
पाँडे हजुरका बात के मार्नु ती हराम छन्
बाबू साहेबको प्रेम अचम्मकै बुझिन्छ झन् ।
३.
आस्था फाइलमा हुन्छ भन्ने छर्लङ्ग नै छ त
नाम फेरौँ सकेसम्म त्यो हो उत्तम आदत
साथी साथी मिले माथि खाँटी काम हुने थियो
भयो कन्जुसको जन्म काम कुरो बिथोलियो ।
४.
जाउँ असनमा बुझ्न डबलीतिर के भयो
नेता नम्बरको चर्चा अझैसम्म चलिरर्ह्यो
बाँकी नै छ यहाँ मुख्य कुरा गर्नु छ त्यो अब
भन्छन् हजुरको भान्छा भयो भएन भैरव ?
०००
मोलुङ- ५, ओखलढुङ्गा
Subscribe
Login
0 Comments
Oldest







































