अमर सन्ततितीन ठोक्तक
उजाड अनि शून्यतामा गनिँदैछ घरदेश गाउँ शहर रित्याएर भरिँदैछ परदेश नसच्चिए नेतृत्वको अब पनि कार्यशैली , हेर्दै जाऊ वृद्धाश्रम बनिँदैछ मेरो देश ।

अमर सन्तति :
१.
हेर्दाहेर्दै साह्रै नशालु देखियौ
खै कताकता इर्ष्यालु देखियौ
होला ठान्थेँ भित्र अमृतको कुण्ड,
परेछु म भ्रममा विषालु देखियौ ।
२.
उजाड अनि शून्यतामा गनिँदैछ घरदेश
गाउँ शहर रित्याएर भरिँदैछ परदेश
नसच्चिए नेतृत्वको अब पनि कार्यशैली ,
हेर्दै जाऊ वृद्धाश्रम बनिँदैछ मेरो देश ।
३.
भान्छा मीठो बनाइदिउँला मसला नुन ल्याउनू
गर्मीलाई जालिदार जाडोलाई न्यानो ऊन ल्याउनू
इज्जत राख्न भन्छिन् उनी तिम्रो मेरो विवाहमा ,
भोज दिनुपर्छ भव्य,शरीर ढाक्ने सुन ल्याउनू ।
०००
रामेछाप, हाल भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































