साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिस्नुपानी मकवानपुरलाई अढाई लाख आर्थिक सहयोग

निवर्तमान अध्यक्ष तथा सल्लाहकार स्व. डाक्टर गणेशकुमार पौडेलको नाममा अक्षयकोष स्थापनाका लागि सो सहयोग प्राप्त भएको हो ।

Nepal Telecom ad

हेटौँडा, श्रावण ४ । सिस्नुपानी नेपाल मकवानपुरलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

निवर्तमान अध्यक्ष तथा सल्लाहकार स्व. डाक्टर गणेशकुमार पौडेलको नाममा अक्षयकोष स्थापनाका लागि सो सहयोग प्राप्त भएको हो ।

पौडेलकी पत्नी राधा पौडेल तथा सुपुत्र गौरव, शौरभ पौडेलद्वारा रू. २ लाख ५० हजारको चेक वरिष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजालका रोहवरमा अध्यक्ष लामिछानेलाई हस्तान्तरण गरिएको हो ।

सो रकमबाट वार्षिक रूपमा प्राप्त व्याजबापत पुरस्कार प्रदान गरिने संस्थाका अध्यक्ष राजकुमार लामिछानेले बताउनु भयो ।

फागुन ७ गते स्वर्गीय पौडेलको जन्मदिनका अवसर पारेर उनको स्मृतिमा हास्यव्यङ्ग्य क्षेत्रमा योगदान पुर्‍याउने १ जना स्रष्टालाई सो पुरस्कार दिइनेछ ।

स्वर्गीय पौडेलले साहित्यिक क्षेत्रमा थुप्रै सम्मान तथा पुरस्कारहरू स्थापना गर्नु भएको थियो । विद्यालयहरूमा समेत अक्षयकोष स्थापना गर्नु भएको थियो ।

केही वर्ष अघिदेखि क्यान्सर रोगबाट ग्रसित पौडेल साहित्यिक कार्यक्रम छ भन्ने थाहा पाउनासाथ सकृय सहभागी हुने तथा त्यसले उहाँलाई रोगविरूद्ध ऊर्जा मिलेको बताउने गरेको परिवार स्रोतले बतायो ।

साहित्यकार गणेश पौडेलको २०७९ असार ७ गते असामयिक निधन भएको हो ।

-संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x