बद्रीप्रसाद दाहाल ‘भस्मासुर’बोर सिटी, पोर-सिटी, फोर सिटी ?
बढ्दैछन् कर टन्न, टन्न सुबिधा, लिन्छन् विजेतागण । साँच्चै यो गणतन्त्र गाँड हुनि भो, मर्दै गए चिन्तन ।। रोगै रोग र भोकले गलित छन्, बेरोजगारी युवा । नौला जो अनुहार फेरिन गयौ बन्दै नबन्नू मुसा ।

(सन्दर्भ महानगरका)
भन्थे स्मार्ट-सिटी बनाउँछु यहाँ, मेघा-सिटी अब्बल ।
स्याट्लाईट सिटी, चिटिक्क छरितो, क्यै हुन्न है दुर्लभ ।।
बाटा स्वच्छ सफा पिचै पिच, मजा दायाँ र बायाँ रूख ।
नार झन् लटरम्म फोर अति भो, सञ्चारमा जे घुक ।।
आफै ऋध्द बनी लुटे सडकका, अस्तित्व सारा भुटे ।
फोरै-फोर जमाउँदै सडकमा, हा ! चुट्न सम्मै चुटे ।।
घुम्छन् देश-विदेश टन्न धनमा, दाइँबरादो ठुलो ।
नारा भाषण पत्रका सब कुरा, आफूसँगै गो दुलो ।।
मात्रै बोर-सिटी छ फोर जनता, यो खोरले बोर भो ।
चर्का रौरव-कुम्भिपाक रचिँदा, अन्याय झन् घोर भो ।।
ए नौला अनुहार क्यै गर छिटै, स्थायी व्यवस्था यहाँ ।
हामी फोर सुँगेर रोग बटुली, रोईरहेछौँ जहाँ ।।
कस्तो कम्सल राज्य शासन कली गर्छन् सधैँ खल्बल ।
मेघा स्मार्ट सिटी गफै गफ बने, देखिन्न क्यै मङ्गल ।।
खाल्टा टन्न धुलो हिलो सडकमा, फोहोर छन् डङ्गुर ।
स्याटेलाइट जो महा-नगर ता, भो चित्रका अङ्गुर ।।
बढ्दैछन् कर टन्न, टन्न सुबिधा, लिन्छन् विजेतागण ।
साँच्चै यो गणतन्त्र गाँड हुनि भो, मर्दै गए चिन्तन ।।
रोगै रोग र भोकले गलित छन्, बेरोजगारी युवा ।
नौला जो अनुहार फेरिन गयौ बन्दै नबन्नू मुसा ।।
धादिङ
Subscribe
Login
0 Comments
Oldest



































