सुलसुलेचन्द्रागिरि साहित्य प्रतिष्ठानको ११६ औं श्रृङ्खला
चन्द्रागिरि साहित्य प्रतिष्ठानको ११६ औं श्रृङ्खला तीज विशेष काव्य गोष्ठीको रुपमा भव्यताका साथ सम्पन्न भयो ।

काठमाडौं, २०७९ साल भाद्र ८ । चन्द्रागिरि साहित्य प्रतिष्ठानको ११६ औं श्रृङ्खला तीज विशेष काव्य गोष्ठीको रुपमा भव्यताका साथ सम्पन्न भयो ।
चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं बरिष्ठ साहित्यकार गंगा लिगलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा लिगलले मन्तव्य व्यक्त गर्नु हुँदै जमानाको कुरा पनि नयाँ भएर आउँछ जसले भलो गरेर जान्छ ऊ कृष्ण जस्तै जन्मिरहन्छ भन्नु हुँदै रचना सुनाउनु भयो ।
डा.बमबहादुर थापाले महिलाले ३ जन्म पार गरेका हुन्छन् छोरी, बुहारी, सासु । तीभूमिकामा देखिने महिला जिम्मेवारीमा सँधै अगाडि हुन्छन् भन्नुहुँदै अहिले तीज खास नबुझी रमिता हुन पुग्यो । एक महिना चुलो बाल्न नपर्ने गरी दर खाने यो विकृतिनै जस्तो लाग्छ भन्नु हुँदै रचना सुनाउनु भयो ।
विशिष्ठ अतिथि कलानिधि दाहालले नारीलाई बनाएको तीज अचेल पीडामा छैनन् नारिहरू भन्नु हुँदै रचना सुनाउनु भयो । सुधा बास्कोटाको कुशल उद्घघोषणमा भएको काव्य गोष्ठीमा अतिथि साहित्यकारहरू क्रमशः ललिता दोषि, खगेन्द्रप्रसाद बस्याल, लक्ष्मीप्रसाद मिश्र, दुर्गा भमरकोटे, चन्द्रा न्यौपाने, गंगा गहतराज, गुप्तबहादुर श्रेष्ठ, नारायण निरौला, सविता वाग्ले, शारदा आचार्य, सरस्वती श्रेष्ठ, टेकबहादुर लौडारी, उमा ओडारी, उर्मिला पन्त, द्वारिका कुईंकेल, उत्तम भेटवाल, चूडा निर्भिक, शम्भु गजुरेल लगायत २३ जना सर्जकहरूले आ-आफ्ना रचना वाचन गर्नु भयो ।।
अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खोरियाको प्रवर्तकको रुपमा खोरिया लेखनको सिद्धान्त प्रष्ट पार्नु हुँदै तिजको भाकामा खोरिया उत्कृष्ट छ भन्नु हुँदै तीज विशेष यो कार्यक्रममा लगभग सबै स्रष्टाहरूले खोरिया नै प्रस्तुत गर्नु भएकोमा खुशी व्यक्त गर्नु भयो र प्रमुख अतिथि, विशिष्ठ अतिथि लगायत उपस्थित सम्पूणर् अतिथि साहित्यकार ज्यूमा धन्यवाद ज्ञापन गरि आफ्नो रचनाको साथ कार्यक्रम समापनको घोषणा गर्नु भयो ।
०००
– जनार्दन धड्कन
Subscribe
Login
0 Comments
Oldest











































