साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबा र म

बाबा शब्द पढेर अर्थ कति पो बुझ्थेँ भई विज्ञ म । बाबा शब्द पवित्र मन्त्रसरिको सर्वोच्च प्यारो सही बाबामाथि गरेर वणर्न कहाँ के लेख्नु जान्ने भई ।

Nepal Telecom ad

बाबा शब्द मिलेर ओठ दुइटा जो हुन्छ उच्चारण
बाबा शब्द म दन्तपङ्क्ति नहुँदा भन्थेँ त्यसै कारण ।
बाबा शब्द सिकेछु बालवयमा माया हुनाले छिटो
बाबा शब्द विशेष आज र हिजो वा भोलि उस्तै मिठो ।।

बाबा काम परेर बाहिर कतै जाँदा नफर्के छिटो
बाबा आउनुहुन्छ है अब भनी हेरेर बस्थ्यो ठिटो।
बाबा पर्खनुको उमङ्ग भरिई खानै म भुल्थेँ लिटो
बाबासाथ बसेर भोजन गरे लाग्ने असाध्यै मिठो ।।

बाबा सागरसामु लाग्छु जलको सानो म थोपो हुँला
बाबा व्योमसमान व्याप्त,भवका हुन् सृष्टिकर्ता ठुला ।
बाबा पौरख-बिम्ब हुन् गुरु ठुला, कर्तव्यका सागर
बाबाभित्र सदाबहार छ खुसी पाएँ उही जाँगर ।।

बाबा आउनुहुन्छ मात्र अभिधा हो अर्थ हुन्थ्यो बढी
बाबा ल्याउनुहुन्छ अर्थ गहिरो हुन्थ्यो प्रतीक्षा घडी ।
बाबा फर्कनुहुन्छ उत्सुक हुँदै हेरेर बस्थ्यौँ घडी
बाबा झर्कनुहुन्छ तापनि मिली बस्थ्यौँ लुकाई छडी ।।

बाबामा अभिभावकत्व गहिरो, झन् न्यायको चेत छ
बाबा दुर्लभ प्राप्ति हो फसलझैँ फल्ने कहाँ खेत छ ?
बाबा साथ भए उपेक्षित निकै, टाढा भए सम्पदा
बाबा हात समाउँथे भर दिई हिँड्थेँ म सानो छँदा ।।

बाबा कोट फुकाल्दथे जति छिटो गोजी म छाम्थेँ तर
बाबाको मुख चल्दथ्यो कि मनमा थप्थ्यो नयाँ जाँगर।
बाबाको मुख खोल्न हात दुइटा साँचो बनेका थिए
बाबा बन्न कहाँ रहेछ सजिलो साँचो भनेका थिए ।।

बाबा शब्द भनी,सुनेर कहिले हुन्थेँ कठै वाक्क म
बाबा शब्द पढेर अर्थ कति पो बुझ्थेँ भई विज्ञ म ।
बाबा शब्द पवित्र मन्त्रसरिको सर्वोच्च प्यारो सही
बाबामाथि गरेर वणर्न कहाँ के लेख्नु जान्ने भई ।।

०००

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x