साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा ग्रीष्म अविरलको ‘गोर्खे’ उपन्यास लोकार्पण

अखिल नेपाले प्राध्यापक संघका अध्यक्ष डा. धनप्रसाद सुुवेदीको अध्यक्षता र प्रलेसका अध्यक्ष मधुसूदन गिरिको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा स्वागत मन्तव्य कौशिला रिसालले गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ पुस ८ । उपन्यासकार ग्रीष्म अविरलद्वारा लिखित ‘गोर्खे’ उपन्यासको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम होटल हार्दिक बागबजारमा सम्पन्न भएको हो ।

अखिल नेपाले प्राध्यापक संघका अध्यक्ष डा. धनप्रसाद सुुवेदीको अध्यक्षता र प्रलेसका अध्यक्ष मधुसूदन गिरिको
प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा स्वागत मन्तव्य कौशिला रिसालले गर्नुभएको थियो ।

उपन्यासमाथि तेजविलास अधिकारीले समीक्षात्मक टिप्पणी गर्नुुभएको थियो । ओरिएन्टल प्रकाशनका हरि गौतमले प्रकाशकीय मन्तव्य र प्रमुुख अतिथि- मधुसूदन गिरिले पदीय मन्तव्य दिनुुभएको थियो । पुुस्तकको लोकार्पण मञ्चासीन विशिष्ट व्यक्तिहरूबाट सामुुहिक रूपमा भएको थियो ।

अन्य उपस्थित व्यक्तित्वहरूमा शितल गिरि, जशध्वज गुुरुङ, खोलाघरे साहिंलो, राधेश्याम लेकाली, जय छाङ्छा, शिवराम खड्का, गणेश खतिवडा, बखतबहादुर थापा, राधा दुलाल कार्की, डा. विष्णुु राई, सङ्गीता थापा, मदनकुमार पोखरा आदि ४५ जनाभन्दा बढी कवि, लेखकहरूको उपस्थिति रहेको थियो ।

०००
-खोलाघरे साहिँलो

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x