सुलसुलेकर्णालीको मौलिकता समाप्त हुने चिन्ता जाहेर
स्रष्टा खडानन्द चौलागाईंको कृति कर्णालीका गाउँखाने कथाहरू’ नामक साइतरसङ्ग्रह लोकार्पण भयो । पुस्तकको लोकार्पण प्रमुख अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरीले गर्नुभएको हो ।

काठमाडौँ, ०८० साउन ३१ । गाउँ खानेकथालाई कर्णालीमा साइतर भनिन्छ । तिनै साइतरहरूको खोज अनुसन्धान, सङ्कलन र सम्पादन गरिएको स्रष्टा खडानन्द चौलागाईंको कृति ‘कर्णालीका गाउँखाने कथाहरू’ नामक साइतरसङ्ग्रह लोकार्पण भयो । पुस्तकको लोकार्पण प्रमुख अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरीले गर्नुभएको हो ।
प्रमुख अतिथि गिरीले खडानन्द चौलागाईंले प्रकाशित गर्नुभएको पुस्तक ‘कर्णालीका गाउँखाने कथाहरू’ कर्णालीलीको जनजीवनमा भिजेको लोकगाथा हो । यसले वास्तविक लोकमय साहित्यिक भाकालाई चित्रण गरेको छ । तर, केही लेखकहरूले यथार्थलाई भाँचकुच गरेर स्वार्थ पूरा गरेका छन्, कर्णालीको नाम भजाएर अनुचित लाभ लिएका छन् । त्यस प्रवृत्तिलाई निरुत्साहित नगर्ने हो भने कर्णालीको मौलिकता समाप्त हुने चिन्ता व्यक्त गर्नुभयो ।
चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख राजुसिंह कठायतले जुम्ला नेपाली भाषाको माउभाषा ‘खसभाषा’को उत्पति थलो भएर पनि राज्यबाट उपेक्षित छ, पाठ्यपुस्तक वा सञ्चारमाध्यममा खासै प्राथमिकता दिएको देखिँदैन, कर्णालीको मौलिक लोकसाहित्यलाई सबैले उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी यस कृतिकोसमीक्षा गर्दै कृषिविज्ञ डा.भीम केसीले कर्णालीलीको भाषा, लोकोक्ति, टुक्का, उखानलगायत कैयन् सांस्कृतिक र पुरातात्त्विक वस्तुहरू विलुप्त भइसकेका छन्, आधुनिक प्रविधिसँगै कणर्ालीको मौलिकतामा ह्रास आएको छ, यसका साथै खसभाषा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई आकर्षित गर्न सक्नुपर्छ भन्नुभयो ।
नेपाली काङ्ग्रेस जुम्लाका महाधिवेशन प्रतिनिधि दिलबहादुर महतले कर्णालीलीको लोकसाहित्य र साइकरको उत्खनन गर्नुपर्ने बताउँदै खसभाषामा ‘कर्णालीको माउटो’ बोलको लोकगीत गाउनुभयो ।
पुस्तकका लेखक खडानन्द चौलागाईले कर्णालीको गाउँखाने लोककथामा बौद्धिक, सामाजिक र सांस्कृतिक चित्रण रहेको उल्लेख गर्नुभयो । साथै नेपाली भाषाको माउभाषा ‘खस भाषा’ लाई सरकारले सदैव उपेक्षा गरेकाले मौलिक जीवनशैली र लोकसंस्कृति सङ्कटमा पर्न थालेको देखेर आफूले यो कृति रचना गरेकोे बताउनुभयो ।
कार्यक्रमका उद्घोषक, कवि, गायक तथा पत्रकार मोतीराज बमले ‘जुम्ली’ शीर्षकको रैथाने कविता र लोकगीत प्रस्तुत गर्दै कर्णालीको साहित्यिक र सांस्कृतिक क्षेत्रको विकासमा सरकारले बेवास्ता गरेको धारणा राख्नुभयो ।
समापनका क्रममा सभाध्यक्ष तथा आयुषराज मल्टिमिडिया प्रालिका अध्यक्ष भरतबहादुर मल्लले कणर्ाली क्षेत्रका लुकेका साइतर र ओझेल परेको भाषा र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभयो ।
०००
– ढुस्केली
Subscribe
Login
0 Comments
Oldest












































