सुलसुलेअप्सरा पुडासैनीलाई शिवसावित्री स्मृति सम्मान
शिवसावित्री प्रतिष्ठान तथा बुढ्यौली साहित्य समाज रौतहट-सर्लाहीको संयुक्त आयोजनामा कार्तिक २७ गते चन्द्रनिगाहपुरमा साहित्य गोष्ठी हुने भएको छ ।

राैतहट, ०८० कात्तिक १३ । महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीकाका अवसरमा शिवसावित्री प्रतिष्ठान तथा बुढ्यौली साहित्य समाज रौतहट-सर्लाहीको संयुक्त आयोजनामा कार्तिक २७ गते चन्द्रनिगाहपुरमा साहित्य गोष्ठी हुने भएको छ । सो साहित्यिक कार्यक्रममा रचना वाचन तथा सम्मान कार्यक्रम गरिने छ ।
सोही कार्यक्रममा संस्मरण साहित्यमा निरन्तर सक्रिय व्यक्तित्व बाराकी संस्मरण साहित्यकार अप्सरा पुडासैनीलाई शिवसावित्री स्मृति सम्मान-२०८० प्रदान गरिने भएको छ ।
यस अवसरमा प्रतिष्ठानका तर्फबाट शिवसावित्री प्रतिष्ठानका उपाध्यक्ष रमेशमोहन अधिकारीले उहाँको निरन्तर लेखनको कामना गर्दै बधाई व्यक्त गर्नु भएकाे छ ।
०००
Subscribe
Login
0 Comments
Oldest












































