साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पशुपतिनाथका लागि अफिम

यस्ता अराष्ट्रिय तत्त्वलाई साँपलाई झैं को पालिरहोस् ! अहिले त राजनीतिवालाहरू के हिसाब गर्दै होलान् भने यस क्षेत्रमा फलानो पार्टीका भोटरहरू सकिए नि ! ठिकै भयो, अझै धेरै मरेको भए अझ राम्रो हुने थियो ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

राष्ट्रिय विपत्तिका बेलामा प्रक्रिया त अवश्य पुरा गर्नुपर्दछ, जस्तो विवाहमा सात फन्को लाउनु अनिवार्य हुन्छ । खडेरीका, बाढीका र भूकम्पका प्रक्रियााहरू निश्चित छन् । पहिलो प्रक्रिया हो दृश्वावलोकन ! प्रधानमन्त्री, मन्त्री र नेताहरू विमानबाट बाढीको मनमोहक दृश्यावलोकन गर्दछन् । ‘वाह ! एक शताब्दीमा यस्तो सुन्दर दृश्य त कसैले देखेका थिएनन् । हाम्रा त आँखा नै धन्य भए ।’ यस पटक पनि राष्ट्रपति, प्रधानमन्त्री, नेताहरूले संसारकै सुन्दर यस हिन्दुस्तानको गुँडका बुलबुलहरूलाई डुब्दै, उत्रिँदै गरेको र रूख तथा छानामा झुन्डिएर ‘गुहार ! गुहार !’ गरिरहेको देखे ।

अतिरिक्त प्रधानमन्त्री इन्दिरा गान्धीले भाडाको विमानबाट बाढीको सौन्दर्यावलोकन गरिन् – इन्डियाको अवस्था पनि मुद्दाहरूले घेरिएकी इन्दिराको जस्तै छ । प्रधानमन्त्री जो भए पनि इन्दिरा गान्धी सधैं अतिरिक्त प्रधानमन्त्री रहिरहने छिन् । जस्तो अमेरिकाको राष्ट्रपति जो भए पनि रिचर्ड निकसन सधैं अतिरिक्त प्रधानमन्त्री रहने छन् ।

मैले भाडामा विमान लिन सकिनँ । मेरो प्रदेशका मुख्यमन्त्री त हालसालै एकाएक सरकारी विमानबाट नेपालमा भगवान पशुपतिनाथको दर्शन गर्न जानुभएको थियो । पशुपतिनाथले बोलाए होलान् । अब केही मानिसहरूले के हल्ला चलाइदिए भने भगवान पशुपतिनाथले अफिम मगाएका रहेछन् र उहाँ त्यही लिएर जानुभएको थियो । तर यो झुट्टा हो । नेपालमा अफिम बाबाको कमी छैन । केही अन्यको भनाइ फेरि के छ भने उहाँ राजा महेन्द्रसित आर. एस. एस.का निम्ति पैसा लिन जानुभएको थियो । हिन्दू राष्ट्रको स्थापना हुँदै छ र सम्राट्का रूपमा राजा महेन्द्रको राजतिलक हुनेछ । त्यसैले अश्वमेध यज्ञका निम्ति खर्च लिन गएका हुन् सखलेचा । तर यो पनि झुट्टा हो ।

जुन आर. एस. एस. का तीन तीनजना त मुख्यमन्त्री मात्र छन् उसलाई बाहिरबाट पैसा ल्याउनुपर्ने आवश्यकता नै छैन । तर महेन्द्रको राजतिलकका विषयमा भने केही विवाद होला । बम्बईको एउटा प्रसिद्ध साप्ताहिक पत्रिका जुन उडन्ते पत्रकारिता र सुविधाको इमानका निम्ति पनि चिनिन्छ, त्यसका ‘उखानवीर’ सम्पादक आर्य मिहिर रजाशाह पहलवीको दावी ठोक्ने छन् । त्यसो त अचेल आर्य मिहिरको दुर्गति मात्र भइरहेको छ । जे होस्, समयले देखाउला ।
कुरा राष्ट्रिय विपत्तिका प्रक्रियाहरूको हुँदै थियो । बाढी आएपछि त्यसका कारणहरू बताउने प्रक्रिया पुरा गरिन्छ । हाम्रो देशमा सबैभन्दा तीव्र वैज्ञानिक मस्तिष्क त राजनारायणको छ । उनी हनुमान चालिसाबाट अपरेसन गर्न सक्छन् ।

राजनारायणको भनाइमा त कुनै पापले गर्दा नै दिल्लीमा यस्तो बाढी आएको हो । पहिले इन्दिरा गान्धीका कारणले विपत्तिहरू आउँथे तर यस पटक मोरारजीको पापले गर्दा बाढी आएको हो । उनको पाप के हो भने उनले हनुमानका अवतार राजनारायणलाई मन्त्रिमण्डलबाट निकालिदिए । यस्ता पापले गर्दा पहिले पनि विपत्तिहरू आइसकेका छन् । अकबरको समयमा कसैले काशीमा हनुमानको मूर्तिलाई खण्डित गर्‍यो अनि त काशीमा हनुमानका रातमुखे बाँदरसेनाले कटक गरिदिएका थिए । तर ती वानरसेनाले पापी अकबरको दरबारमा किन आक्रमण गरेनन् भन्ने कुरो भने बुझिएन ।

कारण बताउने प्रक्रिया पुरा गर्न अगाडि आउँछन् प्रविधिशाह र विशेषज्ञहरू । हाम्रो आधा जीवन नोकरशाहीले सखाप पारेको छ अनि आधा प्रविधिशाहले । यी प्रविधिशाह र विशेषज्ञका अनुसार बङ्गालको खाडीमा वायुमा जुन ‘डिप्रेसन’ आएको थियो त्यो त ठुलो थियो नि हजुर ! त्यो राजस्थान पुग्यो अनि घुमेर उत्तरपश्चिमतिर आएको हो ।

‘बुझ्यौ त ?’ ‘बुझ्यौं हजुर, हामी मन्दबुद्धि हौं ।’ ‘ठिक छ, उसो भए बाढीको कारण मनसुनको ‘मिसबिहेवियर’ अर्थात् दुव्र्यवहार हो भन्ने त बुझ्न सक्छौ नि ?’ अर्थात् यस देशमा त मनसुनको पनि चालचलन बिग्रेछ ! कतै सुरेशकुमार-सुषमाको असर त होइन ? एम. ओ. मथाई मरेछन् कि कसो ? बाँचेका भए त मनसुनको चालचलनमाथि पनि केही लेख्नुपर्ने हो नि !

यसपछि आउँछ नोकरशाह सचिव, उपसचिव । ऊ झट्ट फाइल झिक्छ र हेर्छ । ‘अहिलेसम्म बाढी नियन्त्रणका लागि चार सय करोड राखिएको थियो अब त्यसलाई बढाएर सात सय करोड गरिदिन्छौं ।’ ऊ रेडियोबाट रूखमा झुन्डिएका, छानामा अड्केका र डुबिरहेका मानिसहरूसम्म यस्तो समाचार सम्प्रेषित गर्दछ – ए मनुवा हो ! निश्चिन्त होओ । मरिन्छ भनेर नडराओ ।

बाढी नियन्त्रणका निम्ति सात सय करोड गरिएको छ रे ! यस्तो निर्भयतादान देखेर मलाई केही सम्झना भइरहेछ । एउटा स्टेसनमा कुनै यात्री ओर्लिनासाथ एउटा होटेलको एजेन्टले उसलाई समाएर कोठा पक्का गरेछ । त्यसपछि एजेन्ट यसो यताउता के भएको थियो त्यसै बेला अर्को होटेलको एजेन्टले त्यस यात्रीलाई समाएछ । यस होटेलको भाडा केही सस्तो भएकाले यात्री उसैसित गएछ ।

यात्री यो दोस्रो होटेलको आफ्नो कोठाअगाडिको कौसीमा उभिएको थियो । त्यसै बेला पहिलो होटेलको एजेन्ट आएर कराउन थालेछ, ‘ए ! बेइमान ! फटाहा ! मलाई धोका दिइस् ? म तँलाई मारिदिन्छु ।

यात्रीलाई डराएको देखेर ऊ बसेको होटेलको एजेन्टले भनेछ, ‘ए, नडराऊ । यदि यसले तिमीलाई मारेछ भने म उसका चार जना ग्राहकलाई मारिदिनेछु ।’

यसपछि आउँछ आरोपप्रत्यारोपको प्रक्रियाको पालो । इन्दिरा कांग्रेस र कम्युनिस्ट पार्टीले आरोप लगाए, ‘दिल्ली प्रशासनले सबै राहतको काम आर. एस. एस.लाई सुम्पेको छ । यसरी राहतवितरणमै पक्षपात भइरहेको छ । यस्तो त हुनु नै थियो किनभने उनीहरूकै राज चलेको छ ।’

म त के भन्छु भने यदि बाढीको शुभागमनको आशा पहिले नै हुँदो हो त रोटी बेर्नका निम्ति गेरु रङ्गको कागज पहिले नै तयार पारिन्थे, तिनमा बालासाहब देवरसको चित्र हुन्थ्यो र दीपकको चिह्न हुन्थ्यो । चरणसिंहले आफ्नो चिह्न कहिले फिर्ता लिने हुन् कुन्नि ! रोटी पनि यस्तो कागजमा बेरेर मात्र बाढीपीडितलाई दिइन्थ्यो ।

राजनीतिको हो, जाबो मानवतावाद होइन । जहाँसम्म पक्षपातको प्रश्न छ त केदारनाथ लोहनीले त्यस्तो टोलका बाढीपीडितलाई रोटी किन दिउन् त जहाँबाट जनसंघलाई थोरै भोट परेको थियो ! यस्ता अराष्ट्रिय तत्त्वलाई साँपलाई झैं को पालिरहोस् ! कम्युनिस्ट पार्टीले पनि के बुझ्नुपर्छ भने साहनीले ती मजदुरलाई रोटी किन दिनुपर्‍यो जसले दत्तोपन्त ढेंगडीको भारतीय मजदुर संघलाई लोप्पा खुवाएर रातो झन्डा लिएर निस्किन्छन् ! अहिले त राजनीतिवालाहरू के हिसाब गर्दै होलान् भने यस क्षेत्रमा फलानो पार्टीका भोटरहरू सकिए नि ! ठिकै भयो, अझै धेरै मरेको भए अझ राम्रो हुने थियो ।

व्यापारी पनि आफ्नो प्रक्रिया दक्षतापूर्वक पुरा गर्दै होला – माल लुकायो होला, मूल्य बढायो होला र कुहेको अन्न बेच्न थाल्यो होला । उसको आफ्नै नैतिकता छ । ऊ पानीमा उत्रिरहेका लास जम्मा गरेर भन्नेछ – यो खानुस् हजुर ! अत्यन्त स्वादिष्ट । चिसो पानीमा तारेको मान्छे हो । पुरीजस्तै भुकुस्स फुलेको छ ।

बाढीका सबै परम्परागत प्रक्रियाहरू पनि सम्पन्न हुँदै छन् ।

०००
‘परसाईं ग्रन्थावली- ४’ को ‘पशुपतिनाथ के लिए अफीम’ बाट नेपाली अनुवाद

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
हामी उल्लूहरु !

हामी उल्लूहरु !

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x