टीकाकुमारी देवी र सीताराम उपाध्यायका सुपुत्र मुकुन्द आचार्य २००१ चैत्र ६ गते मकवानपुरगढीमा जन्मिनु भएको हो । नेपाली विषयमा स्नातकोत्तरसम्म औपचारिक अध्ययन हासिल गर्नुभएका आचार्य प्राध्यापन पेशाबाट निवृत्त हुनुहुन्छ । ‘प्रशंसाको भोग’ शीर्षकको हास्यव्यङ्ग्य रचना उहाँकाे पहिलाे प्रकाशित रचना हाे भने पहिलो हास्यव्यङ्ग्य कृति चाहिँ ‘विगत र वर्तमान’ (२०३८) हो । उहाँक अन्य प्रकाशित हास्यव्यङ्ग्य कृतिहरूमा ‘नेताको रूपलाई चुरोटको धुप’ (२०४२) र ‘पठ्ठो बन्ने रहरमा’ रहेका छन् । ‘जमर्को सङ्गालो’, ‘सोपान’, ‘भोजपुरी उखान टुक्का’ लगायत अन्य थुप्रै पत्रिकाहरूको सम्पादन गर्नुभएका आचार्यले ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’द्वारा आयोजित नाटक महोत्सव (२०४३) मा प्रशंसा पत्र प्राप्त गर्नुभएको छ ।
बोल्ने त पालो
सूर्य अस्त भैसकेकोले नेपाल पनि मस्त भैसकेको थियो । एउटा सस्तो मदिरालयका प्रत्येक टेबिलमा मस्त भएका
पुरा पढ्नुहाेस्पोलिटिकल पारालाइसिस
अनौठो रोगीका आफन्तहरुसँग डाक्टरले सोधे– यहाँलाई कहिलेदेखि यस्तो छ ? पारालाइसिस बुझिन्छ । समयमै अस्पताल ल्याउनु
पुरा पढ्नुहाेस्भ्रष्टाचार खत्तम गर्ने तरिका
अमेरिका भ्रमणमा रहँदा प्रधानमन्त्री भट्टराईलाई एउटा अमेरिकी पत्रकारले फेला पारेछ । प्रश्न तेस्र्याइहाल्यो– नेपालमा तपार्इँ भ्रष्टाचार
पुरा पढ्नुहाेस्‘चाडवाडे लागु’
एकजना बयोबृद्ध सज्जनलाई झारफुके बाजेकहाँ ल्याइपु¥याए । विरामी त ढुंगो हो कि मुडो हो ! उनका
पुरा पढ्नुहाेस्अपराधी र नेता !
राशिफल हेर्दा मधुर भोजन लेखेको थियो । मधुर भोजनको अर्थ मिठाइ नै हुन्छ भन्ने क्यै छैन
पुरा पढ्नुहाेस्ठग साधु
म केही दिनपछि बाहिरबाट आउँदै थिएँ । वीरगञ्जमा कलैया जानका लागि बस भनिने टिनको थोत्रो बाक्सामा
पुरा पढ्नुहाेस्चक्काजाम
सर्वमान्य अदालत मुद्दाको सुनुवाई थियो । प्रसंग सार्वजनिक हुनाले निःशुल्क मनोरञ्जन गर्न पल्केकाहरू प्रशस्त ओइरिएका थिए
पुरा पढ्नुहाेस्नेता बन्नुभन्दा किन्नुमै शुभलाभ
एकजना दुई नम्बरी सेठजीलाई नेता बन्ने रहर पलाएछ । राजनीतिमा योग्यता क्यै नचाहिने र पावर, पैसा,
पुरा पढ्नुहाेस्ब्रिफकेस
भाइटिकाको दिन थियो । मन्त्रीज्यू बिहानैदेखि विदेशी ह्वीस्कीको ‘सुरुप’ लिँदै स्वदेशको बारेमा चिन्तन गर्दै थिए ।
पुरा पढ्नुहाेस्श्रीमानको स्वागत
थोत्रो बसमा हामी दुवै थोत्रा साथीहरू अनेकथरि गफ चुट्दै बीरगंजबाट कलैया आइपुग्यौँ । आफ्नो मीठो गफले
पुरा पढ्नुहाेस्

mukunda acharya























