साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढेसकाल

आउन्न बेला अब फर्किएर आउन्न त्यो जोबन लर्किएर बलो हुँ ठान्थेँ घरको निदाल आयो कहाँबाट बुढेसकाल ।

Nepal Telecom ad

राम्रा थिए पुष्ट बलिष्ठ गाला
सडेर थोत्रो अब हुन्छ छाला
छुट्टै थियो रौनक नै हरायो
भेटिन्न खोजेर कता हरायो ।।१।

हेर्दै थिएँ जब्बर बाघजस्तो
डस्ने स्वयम् तक्षक नागजस्तो
लुला भए हात समाउँदैनन्
हिँडौँ भने पाउ रमाउँदैनन् ।।२।

आउन्न बेला अब फर्किएर
आउन्न त्यो जोबन लर्किएर
बलो हुँ ठान्थेँ घरको निदाल
आयो कहाँबाट बुढेसकाल ।।३।

दह्रा थिए दाँत भए निकम्मा
थिए मिलेका भरिपूर्ण टम्म
बन्दै गएछन् कमजोर आँखा
थिए तिनै बैँस छँदा चनाखा ।।४।

चोला उही हुन्न बदल्नुपर्छ
मनुष्य जन्मेर अवश्य मर्छ ।
भुलेर माया अनि मोहजाल
अवश्य लाग्नेछ बुढेसकाल ।।५।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x