साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा ! (काव्यांश- ३)

पिता खन्छन् बाटो सहज जन हिँड्छन् टुकुटुकु । उनै धुन्छन् जालो असलपन खेल्छन् ढुकुमुकु ॥ उठाए हौस्याए सबल मन पारे प्रणयले । गरौँ श्रद्धा सम्झी अटल मन नाचोस् अभयले ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

पूजा मान दिएस् छ ज्ञान जसमा पस्रेर जम्मै लिएस् ।
वैरी घोच्दछ कृत्य कर्म सबमा यो ज्ञान स्वाट्टै पिएस् ॥
आफू झुक्न सके विशाल भव यो झुक्नेछ आफैँतिर ।
आफू झुक्न भुले झुकाउँछ जगत् भर्नेछ ज्यादै पिर ॥१७॥

पिता हुन् धर्तीका सुदृढ पथका साधक बडा ।
उनैका शिक्षाले युगलय चिनी आज छु खडा ॥
गरेँ रित्तो श्रद्धा सयल बटुलेँ सौख्य पथका ।
रहोस् आशिष् उम्दा शठपन हटोस् माग्दछु म ता ॥१८॥

थियो माया अग्लो लुटुपुटु गरी बालक सरी ।
बित्यो बेला रम्दै अब दिन हरे! बित्छ कसरी ?
छरी ऊर्जा आफ्नो सुत र दुहिता पालन गरी ।
दिए मान्छे बन्ने असल युगका चिन्तन भरी ॥१९॥

उनैका अर्तीले भुवन सब खुल्ने रविसरि ।
हियाका चिन्ताको सबल गुरुझैँ मार्जन गरी ॥
अनेकौँ शिक्षाले मन सबल पारी पथ दिए ।
बनाए योद्धाझैँ भय पर गरी साहस सिए ॥२०॥

सिकेँ शिक्षा अग्लो गुण शिखर पुग्छन् सहजले ।
स्वयम् बिर्से त्यागे सकस खुद झेल्छन् मगजले॥
बुबा दिन्थे शिक्षा पर जनविषे खुल्नु कसरी ?
क्रिया उम्दा पस्की भुवनभर छर्थे हरघडी ॥२१॥

हटोस् कालो जालो नयन हित चुन्छन् लय टिपी ।
सिकेँ श्रद्धा उम्दा उदर मल भाग्छन् गुण खिपी ॥
लिएँ शिक्षा बाँच्ने सुख र बह चिन्ने मन उठी ।
लुला पाटा फ्याँकी अटलपन जागे लय जुटी ॥२२॥

पिता खन्छन् बाटो सहज जन हिँड्छन् टुकुटुकु ।
उनै धुन्छन् जालो असलपन खेल्छन् ढुकुमुकु ॥
उठाए हौस्याए सबल मन पारे प्रणयले ।
गरौँ श्रद्धा सम्झी अटल मन नाचोस् अभयले ॥२३॥

रहे आफू रित्तो तनयदुहितामा मन दिए ।
सधैँ दुख्लान् बाला अटल सुख बाँड्ने पथ लिए ॥
उठी हाम्रो छाती विगत कृत देखोस् शुभ जति ।
खुली हेरोस् आँखा हित पथ निको सिर्जन गति ॥२४॥

नराम्रा केके हुन् ? सब अगुण चिन्ने मन दिए ।
उज्याला बाटामा सुकृत फल टिप्ने बल दिए ॥
त्यही पक्री शिक्षा कृत पथ बढेँ सौख्य सँग छन् ।
भुले बिर्से बढ्छन् हृदयतल जानोस् अकृत झन् ॥२५॥

०००
सूर्यविनायक, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x