साइबर अपराध सम्बन्धी सचेतना सामग्री

“बा” (काव्यांश – १२)

झिक्ता अस्थिसमेत दुख्दछ हियो धिक्कार ! सर्वत्र छ । ईर्ष्या, हर्ष, खुसी सबै मगजका भागे गए शून्य छ ।। आओ विज्ञ उठेर चल्न तन यो चाहिन्छ केके ? भन । प्राणी प्राण विहीन बन्छ कसरी ? यो तथ्य देख्ने बन ।।

Nepal Telecom ad

दीनानाथ पाेखरेल :

झुल्के चन्द्र र सूर्य यो अवनिमा झुल्केन ज्योत्स्ना नयाँ ।
साँच्चै छौ यदि दैव दीन मनमा आएर देऊ नियाँ ।।
पस्दा गेहविषे छ प्रश्न कटिलो को दिन्छ खै उत्तर ?
सोध्छन् थाम तथा तला पलङले खोसी सबै जाँगर ।।९५।।

माईको ध्वनि उच्च भो बिरहले पोख्छिन् बिलौना अति।
हाम्रो होसहवास छैन सँगमा रोकिन्छ बोल्ने गति ।।
चारैतर्फ विशाल बार छ खडा भित्तो सरीको बनी
डस्दै बज्रसमान हान्छ उरमा के साध्य पीडा भनी ?९६।।

आमा अश्रु बगाउँछिन् सकसले सम्झाउने के गरी ?
रुन्छन् भाइ उता दुखेर बहिनी आघात वर्षा गरी ।।
भोभो भन्दछु कष्ट छन् अति कडा पार्दो छ आँखा झरी ।
आफ्नै सृष्टि निमोठ्छ दैव किन हो ? लुक्छन् दयाला हरि ।।९७।।

मैले खाइन दुख्दथे अझ पिता खाने दिँदै प्रेरणा ।
मैले लाइन दुख्दथे अझ बढी बोकी कडा वेदना ।।
मैले प्राप्ति गरे खुसी अति भई उत्साह थप्थे बल ।
फाल्थे झट्ट उठेर कर्मपथका अज्ञानका दुर्मल ।।९८।।

उम्दा प्रेमिल कर्म पारख दिने पाइन्न दोस्रो जन ।
बाबाकै पथमा बढे सहज छन् सद्ज्ञान अग्ला धन ।।
छाती चस्चस घोच्छ डढ्दछ हियो निस्तेज पारी तन ।
औडाहा भुमरी परी सकसमा काँप्दो छ आफ्नो मन।।९९।।

बारीमा अझ अन्नबोट जति छन् खोज्छन् उनैको पथ ।
पुड्को दीन र बुद्धिहीन म भएँ के चल्छ उम्दा रथ।।
ओजस्वी पथ शब्दमा रहरिला खुल्थे सुनौला कला।
तेजस्वी गति पक्रिने पथ लिए सम्झेर खुल्थ्यो गला ।।१००।।

जम्मै ज्ञान र शक्ति टाढिन गयो बाबा बितेकै छिन ।
कस्ता कर्म विशेषको फल दिइस् ? हा ! दैव तैँले किन ?
बग्छन् अश्रु अनेक पूर्व मनले सम्झाउँदा यो क्षण ।
उठ्ने तागत लुप्त भो मनविषे बढ्दो छ निम्जोपन।।१०१।।

झिक्ता अस्थिसमेत दुख्दछ हियो धिक्कार ! सर्वत्र छ ।
ईर्ष्या, हर्ष, खुसी सबै मगजका भागे गए शून्य छ ।।
आओ विज्ञ उठेर चल्न तन यो चाहिन्छ केके ? भन ।
प्राणी प्राण विहीन बन्छ कसरी ? यो तथ्य देख्ने बन ।।१०२।।

छैनन् देव भनी गरोस् बकबकी सङ्कष्टमा देव छन् ।
यी आफ्ना भवका विधान पथमा रोकिन्न है प्रस्ट छन्।।
मान्छे कानुन गर्छ सिर्जन उहीँ कुल्चन्छ बेहाल छ ।
भोग्दा कष्ट कडा दुखी भवविषे सन्ताप बेताल छ।।१०३।।

केके योग्य अयोग्य छन् सब कुरा ? के चिन्छ मान्छे मन।
आफ्ना पर्न गए बदल्छ सहजै फेर्दै स्वयम् कानुन ।।
साक्षी छन् भवका अनेक घटना आगो तथा छालमा ।
झुल्कून् सूर्य र चन्द्र छन् विधिसँगै हुन् भिन्नता कालमा।।१०४।।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x