साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परदेशी छाेराकाे माया

राेग बढ्दै ज्यान गल्दै शरिर कच्चा भयाे भएनन् बाबु आमा सम्पति सच्चा रह्याे। रुन्छिन् आमा तिमी सम्झि भन्छिन्र मलाई जब के छ खबर भन त बाबु सञ्चाे विसञ्चाे अब ।

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल :


धेरैभाे तिम्रै यादले बुढा बुढी तड्पेकाे
तिम्रै काख पाेल्टामा रुन पाउँ भनी जपेकाे ।
साथ तिमीले हामीलाई छाेडेर गयाै जब
के छ खबर भन बाबु सञ्चाे विसञ्चाे अब ।


गाथमा तिम्राे कहिल्यै पनि नहाेस दुख पिर
मान मर्यादा लिनु दिनु बनाउ उच्च शिर ।
सुन्दैन श्वरले अब बुढाे भइयाे जब
के छ खबर भन बाबु सञ्चाे विसञ्चाे अब ।


चल्न हल्न नसकिंदा समाई हिंड्छाैँ भित्ताे
साथमा तिमी नहुँदा याे जीवन भाे रित्ताे ।
केही गर्न सकिँदैन बाबुु तिम्रै आशामा जब
के छ खबर भन बाबु सञ्चाे बिसञ्चाे अब ।


साेच्ने कुरा त्याे साेचेर मन भाछ दिकदारी
बुढाे भएका छाैँ बाबु हामी अहिले भिखारी ।
साेचिबस्छाैं बाबु मनमा अनेक पिरताप जब
के छ खबर भन त बाबु सञ्चाे विसञ्चाे अब ।


तिम्राे सुखनै हाम्रा लागि पाैरख त्यहि बन्दछ
छैनन काेहि सहारा लाउ खाउ काे भन्दछ ।
सबैका लागि ईश्वर ठान्दछाैं आज जब
के छ खबर भन त बाबु सञ्चाे विसञ्चाे अब ।


साेचेकाे थिइँन कहिल्यै यस्ताे बुढ्याइँ हाेला
हाँसी हाँसी जिउने ईरादामा अन्यत्र माया छाेला ।
हिजाेका कल्पना थियाे नि मेरा पुरा भएन जब
के छ खबर भन त बाबु सञ्चाे विसञ्चाे अब ।


राेग बढ्दै ज्यान गल्दै शरिर कच्चा भयाे
भएनन् बाबु आमा सम्पति सच्चा रह्याे।
रुन्छिन् आमा तिमी सम्झि भन्छिन्र मलाई जब
के छ खबर भन त बाबु सञ्चाे विसञ्चाे अब ।

०००
सूर्यविनायक, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
आमाकाे संझना

आमाकाे संझना

विश्वनाथ ढुङ्गेल
बाबाकाे मुहार फेर्नु छ

बाबाकाे मुहार फेर्नु छ

विश्वनाथ ढुङ्गेल
दिएर जन्म मातृले

दिएर जन्म मातृले

कविराज घिमिरे
पशुपति बाबा देश बचाऊ

पशुपति बाबा देश बचाऊ

रामशरण न्याैपाने
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

होम सुवेदी
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
आमा नै हुन्…

आमा नै हुन्…

कविराज घिमिरे
आमा-बाबा

आमा-बाबा

ठाकुर शर्मा भण्डारी
0
Would love your thoughts, please comment.x
()
x