साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्तन

गाँठो फुकाउन सके अनि हुन्छ वृद्ध । माटो फलाउन सके तब हुन्छ वृद्ध ।। काँडो मठार्छ जसले बलियो बनेर । ऊ वृद्ध हो निपुण जो सबले गनेर ।।

Nepal Telecom ad

कविराज घिमिरे :

पाको हुने मन थियो तन सत्तरीको ।
काँचो छु बुद्धि कलिलो छ न यो व्यथा हो ।।
भन्छन् सबै जनहरू कति उच्च पाका ।
छन् ज्ञानका सकल यी किन बन्द नाका ?१

भित्तोपरी पनि सबै अब देख्नुपर्छ ।
आँधी बतास जसरी पनि छेक्नुपर्छ ।।
आपत्तिका क्षणहरू त्यतिकै रहेमा ।
के वृद्ध बन्नु गतिरोध उही भएमा ?२

छन् अन्धकार मनमा किन होस् उज्यालो ?
खुट्टो चलेन कसरी म तरूँ भँगालो ।।
छन् दृष्टिदोष खुदमा अनि चिन्छ कल्ले ।
पाको हुने रहरमात्र भएछ ऐले ।।३

गाँठो फुकाउन सके अनि हुन्छ वृद्ध ।
माटो फलाउन सके तब हुन्छ वृद्ध ।।
काँडो मठार्छ जसले बलियो बनेर ।
ऊ वृद्ध हो निपुण जो सबले गनेर ।।४

यो विश्व पढ्छ जसले अनि बुझ्छ साँचो ।
हो पारखी यदि भने अनि टार्छ खाँचो ।।
यस्ता बनौँ सकलका मनले पुकार्ने ।
हौँ वृद्ध यी अनुभवी मइला उतार्ने ।।५

०००
भक्तपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Bishnu thapa magar
Bishnu thapa magar
1 year ago

This poem is progressive but most senior citizens views fond nigative .that’s the wickedness .all senior citizens should think ourselves young and energetic .

Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
1
0
Would love your thoughts, please comment.x
()
x