साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्या जिन्दगी वृद्धका

को सम्राट कहाँ छ सोध्नु किन ए को चक्रवर्ती छ हो बाँचेमा सय वर्ष शासक बडो खोजेर अर्को छ को ? छोरा नाति पनाति इष्ट कति हुन् छोरीहरूका कति एकै मात्र कहिन्छ मान्यवर ऊ क्या जिन्दगीको गति !

Nepal Telecom ad

चन्द्रप्रसाद न्याैपाने :

बाटाका अवरोध पन्छिन उसै मान्दैन सङ्घर्ष छ
काटी वर्ष अनेक वृद्ध हुनुमा साँच्चै महान् हर्ष छ
बन्दै बालक ऊ युवावय सकी खोज्ने बुढ्यौली त हो
यस्तो औसर मिल्न पर्खनुपर्‍यो सङ्घर्षले पुग्छ जो

ए बा, मान अझै हुँदा हजुरबा छाती फुली गर्व छ
बाजे बन्नु नवीन मिष्ट रसको सम्मानको सर्ग छ
मात्रै पूर्ण रहन्छ एक दिन हो सम्पन्नको पूर्णिमा
बाँकी चौध अपूर्ण हुन् तिथि सबै खै पूर्णता चन्द्रमा

मान्छेको तन हुन्छ वृद्ध मन झन् चढ्दो युवा हुन्छ रे !
आँटिन्छन् अझ यी पचासपछिका के बैँसले छुन्छ रे !
जे गर्छन् परिपक्व कर्मसँग छन् सक्छन् जसो यी हिँडुन् !
दौडेको गतिमा छ अर्धवय नै बाला युवाले सिकुन् !

बढ्दै छन् अझ दीर्घसोच पछिको साठी कटी मास्छ के ?
रुप्पे एक छ खर्च नोट दशमा दुम्मो भनी राख्छ ए !
फुर्मासी पनि छैन कर्म दृढ झन् गर्ने कसो आमद ?
बाँड्ने झन् अनुभूति आगत बुझी थप्दै नयाँ तागत

केमा प्रौढ छ सत्तरी जब भयो आफै चमत्कार छ
आविस्कार पुरानु फेरि नवको दोधार जो धार छ
एकै धार दिने विचार उसको निर्क्योलमा पुग्दछ
पानीसाथ दही मथेर घिउको बास्ना त्यहाँ सुँघ्दछ

चढ्दै वर्ष असी पुग्यो अब भने सिन्को मुढो ठान्दछ
मास्नै हुन्न नचाहिने कुन छ हो नाली कुलो जान्दछ
फाले र्‍याल खकार हुन्छ अब के जम्मा गरी फेदमा
हाले बढ्छ हलक्क बोटबिरुवा दाना फलुन् स्वादमा

नब्बे वर्ष हुँदा विचार अझ झन् विस्तारवादी भयो
ढाकुन् सन्तति वृद्धि उन्नतिसँगै चौतर्फ ढाक्दै गयो
के खाँचो वर कम्पनी पर छ हो उद्योग व्यापार छन्
के साम्राज्य भनी म कल्पित बनूँ प्रत्यक्ष पाइन्छ झन्

को सम्राट कहाँ छ सोध्नु किन ए को चक्रवर्ती छ हो
बाँचेमा सय वर्ष शासक बडो खोजेर अर्को छ को ?
छोरा नाति पनाति इष्ट कति हुन् छोरीहरूका कति
एकै मात्र कहिन्छ मान्यवर ऊ क्या जिन्दगीको गति !

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
अहंकार

अहंकार

चन्द्रप्रसाद न्याैपाने
नयाँ बिम्ब

नयाँ बिम्ब

चन्द्रप्रसाद न्याैपाने
हामी बहुमत ल्याउँछाैँ

हामी बहुमत ल्याउँछाैँ

चन्द्रप्रसाद न्याैपाने
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x