साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाको मन छट्पटी …

मेरो तागत कत्ति छैन तनमा यो देह भो जर्जर यो शारीरिक वृद्धता किन बढ्यो खै हुन्न झन् मथ्थर चिन्ता बढ्दछ भन्दथे सबजना छोप्दा बुढ्यौली पन साँच्चै यो मनमा चपेट छ त्यही पाउँन्न के उम्कन ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

आमाको मन छट्पटी कति भयो सन्तान टाढा हुँदा
आँखाबाट समुद्र सिद्धिन पुगे धारा बनी निस्किँदा
खाना खाइन पाँच वर्ष सुखले हाँसो कहाँ पाउनु
चिन्ताले मन खिन्न खिन्न बहुतै निद्रा कहाँ आउनु ।१

टाढा मानिस देखिए यदि भने आशा उसैको हुने
झल्को लाग्छ झलक्क पुत्र घरमा आयो कि फर्की हुने
नौला मानिस भेटिए कहिँ कतै आयो समाचार कि
चिठ्ठी पत्र र फोन हेरिरहने घन्टी बजे हो र कि ।२

खोजी पाउन ती निवेदनहरू लेखेर कैयौं दियौँ
स्वामी साथ लिएर पण्डितहरू भेटेर बिन्ती गर्यौ
गेडा चामलका छुँदै सहरका जान्ने महाँ ज्योतिष
हाम्रा माग सुनाउँदै कति हिड्यौँ धायौँ निकै मन्दिर ।३

पैंसठ्ठी वयले पुगेँ अब अरू छोराहरू भिन्न छन्
कान्छो पुत्र हराउँदा मन भयो संदिग्ध अत्यास झन्
साना नाति अनेक तर्कसितका प्रश्नावली सोध्दछन्
बाबा खोइ भनेर दग्ध मनमा झन् दाउरा थप्दछन् ।४

सानो जागिर गर्दथ्यो सहरमा के पो थियो कम्पनी
एका एक हराउँदा मन दुख्यो पत्ता कहाँ लाउने
थाहा कत्ति भएन जीवित कि वा मुर्दा लडेको कतै
शङ्का लाग्न गयो कि मृत्यु अथवा त्यो बन्धकै हो कतै ।५

नालीमा पनि खोजियो सहरका आफन्त सारा जुटे
आफ्ना मानिस सोधिए सबजना लाग्दैन कोही छुटे
देखेँ राम यता भनेर मुखले भन्ने भएनन् कुनै
चिन्ता छोड फिरेर आउँछ भनी सम्झाउने झन् उनै ।६

आमाको मन वेदना छ कति लौ सन्तानको खातिर
जान्ने छौ कि कतै यतातिर कुनै देख्छौ कि अभ्यन्तर
फक्रेको तरु बोट पात लहरा देखूँ हुने चाहना
यात्रा सागरको हुँदा जलधिको छुट्दो छ झैँ बाहना ।७

मेरो तागत कत्ति छैन तनमा यो देह भो जर्जर
यो शारीरिक वृद्धता किन बढ्यो खै हुन्न झन् मथ्थर
चिन्ता बढ्दछ भन्दथे सबजना छोप्दा बुढ्यौली पन
साँच्चै यो मनमा चपेट छ त्यही पाउँन्न के उम्कन ।८

०००

हाल: बैजनाथ १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x